बर्दियाको राजमार्गमा ट्राफिक प्रहरीको कोभिड बिरुद्ध सचेतना
- बिहिबार माघ ६ , २०७८
चुरेकुञ्ज, बर्दिया । जिल्ला ट्राफिक कार्यालय बर्दिया अन्र्तगत रहेका अस्थायी पोष्टहरुले पूर्वपश्चिम राजमार्गमा कोभिड बिरुद्ध मास्क वितरणगर्दै सचेतना दिएका छन् । अस्थायी बाँसगढी र ठाकुरबाबा ट्राफिक पोस्टहरुले राजमार्गमा कोभिडसँगै ट्राफिक नियमका बारेमा सवारी चालकहरुलाई सचेत पारेका छन् ।
बाँसगढी नगरपालिका स्थित अस्थायी ट्राफिक चेक पोष्टका प्रमुख प्रहरी नायव निरिक्षक गोपाल बहादुर ज्ञवाली र ठाकुरबाबा नगरपालिका स्थित पोष्टका ट्राफिक प्रहरी सहायक निरिक्षक सर्जन प्रसाद थारुको कमाण्डमा रहेको संयुक्त टोलीले राजमार्गमा सचेत पार्दै यात्रु लगायत सवारी चालकहरुलाई स्वास्थ्य मापदण्ड अपनाउँदै मास्क वितरण गरेको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
कोभिडको सचेतनासँगै राजमार्गमा चालकहरुलाई सवारी र्दुघटनाबाट बच्न अपनाउनु पर्ने सावधानी तथा ट्राफिक नियम सम्बन्धी जानकारी कोभिडका बारेमा चेतनामूलक माईकि®गर्दै आवागमनमा रहेका यात्रु तथा सवारी चालकहरुलाई सचेत पारिएको छ ।