fbpx

श्रीमतीको ढुँगा प्रहारबाट श्रीमानको मृत्यु

श्रीमतीको ढुँगा प्रहारबाट श्रीमानको मृत्यु


चुरेकुञ्ज, रोल्पा । आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको भन्ने खबरको आधारमा प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत