fbpx

खुला सिमानाले समुदायमै कोरोना संक्रमण फैलिने डर

खुला सिमानाले समुदायमै कोरोना संक्रमण फैलिने डर


मुरली गोडिया, बर्दिया । बर्दियामा खुला सिमानाका कारण कोरोना संक्रमण दर बढ्दै गएको छ । पुषको अन्तिम सम्म न्युन रहेको कोरोना संक्रमण दर माघको पहिलो साता भित्रै ह्वात्तै बढेपछि समुदाय स्तरमा कोरोना महामारी फैलिने त्रास बढेको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) को तेस्रो भेरियन्ट ओमीक्रोनको संक्रमण दर बृद्धि भैरहेका बेला बर्दियाका समुदाय स्तरमा पनि संक्रमण बढ्ने देखिएको छ । करिब ८३ किलो मिटर खुला सिमा नाका रहेको बर्दियामा संक्रमण दर बृद्धि भएपछि स्थानियले खुला नाकाबाट हुने आवत जावत आवत जावत बन्द गर्न माग गरेका छन् । भारतको लौकाही, कालाबन्जर नाका गुलरिया नगरपालिकासँग जोडिएको छ । बलैगाउँ र जमुनी नाका बढैयाताला गाउपालिका संग जोडिएको छ । बठनिया बजार मधुवन नगरपालिका संग र राजापुर नगरपालिका संग कर्तनिया नाका जोडिएको भएपनि नाकामा चेकजाँच सहित कडाई नहुँदा संक्रमण बढ्न सक्ने संभावना रहेको स्थानिय ब्यवसायी मोईन अहमदले बताए ।

गएको पुष महिनाको २० गते सम्म जिल्ला भर जम्मा ६ जना सक्रिय संक्रमति रहेका थिए । तर २ साता नवित्दै २ सय भन्दा बढी संक्रमित पुगी सकेका छन । संक्रमण दर ह्वत्तै बढे पछि कोरोना भाइरस संक्रमण परिक्षणका लागी स्वास्थ्य कार्यालय बर्दियाले थप सक्रियता बढाएको छ । भाइरस लक्षण देखिन शुरु गरे लगत्तै आफुलाई पायक पर्ने नजिकको स्वास्थ्य संस्थामा तत्काल परिक्षण गराउन स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले आग्रह गरे । समुदाय स्तरमा व्यापक संक्रमण देखिन सक्ने आंकलन गर्दै सवै स्थानिय तहका मुख्य बजार क्षेत्रहरुमा परिक्षण गर्नका लागी तयारी थालिएको उनको भनाई छ ।

कोरोनाले धेरै प्रभावित पारेको छ । सीमाहरु ब्यवस्थित गर्न सुरक्षाकर्मीहरु परिचालित छन् । भन्सार ब्यवस्थापनका लागि सुरक्षाकर्मीले भन्सार छलेर भित्र्याईएका सामानहरु पक्राउ गरी भन्सारलाई बुझाउने गरेको छ । सबै नाकाहरु ब्यवस्थापन गर्न सुरक्षाकर्मी तैनाथ रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताएका छन् ।

तपाइको मत