fbpx

प्राप्त तालिमलाई उपयोग गर्नुस : नगरप्रमुख मुक्तिनाथ यादव

प्राप्त तालिमलाई उपयोग गर्नुस : नगरप्रमुख मुक्तिनाथ यादव


चुरेकुञ्ज, गुलरिया । दाताले दिएको तालिमलाई उपयोगगर्दै आत्मनिर्भर बन्न गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले सुझाव दिनुभएको छ । दलित सेवा संघ बर्दियाद्वारा आयोजित विपन्न महिला तथा अपांगता भएका ब्यक्तीहरुका लागि सिलाई कटाई तालिमको बार्षिक समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहभागीहरुले आफूहरुले लिएका उपलब्धी मूलक तालिमको सदुपयोगगर्दै उपयोग गर्न आग्रह गर्नु भएको हो ।

गुलरिया नगरपालिका अन्र्तगत विभिन्न स्वरोजगार मूलक तालिम मार्फत वितरण गरिएका सिलाई मेसीनहरु खिया लागेको दुःख ब्यक्तगर्दै दलित सेवा संघले उपलब्ध गराएका मेसीनहरु पूर्ण सदुपयोग गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो नगरपालिकाले ६ सय जनालाई तालिम पश्चात मेसीन बाँडेपनि सवै थन्किएको छ । यसबाट हामी धेरै दुःखी छौ । तपाईहरुले लामो समय लिएको सिलाई कटाई तालिमले उद्यमी बनाउन मद्दत मिलोस् भन्ने मेरो शुभकामना छ ।

गुलरिया नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई साईकल दिने तयारीमा रहेको जानकारी दिदै नगरले धेरै कामहरु गरेको बताउनु भयो । मेरिक्नोल फादर्स एण्ड ब्रदर्स यृएसए देशिय कार्यालय काठमांडौ नेपालको आर्थिक सहयोगमा आयोजित तालिममा ३० जना सहभागीहरुलाई प्रमाण पत्र तथा सिलाई कटाईका प्राविधिक सामाग्री हस्तान्तरण गरिएको कार्यक्रमका सूत्रधार एवम् नेपाली काँग्रेस बर्दियाका सभापति तथा विशेष अतिथी अरुणसिंह राठौरले बताउनु भयो ।

भुमिहिन, मुक्तकमैया एवम् दलित विपन्न परिवारको पुर्नउत्थानको लागि शिक्षा तथा स्वरोजगार क्षेत्रमा लगानी भित्र्याउन सहजीकरण गरेको प्रष्ट्याउनु भयो । उहाँले सहभागी सबैलाई तालिमको भरपूर्ण फाईदा लिन अनुरोध गर्नु भएको छ । सहभागीहरुलाई प्रमाणपत्रसँगै सिलाई मेसीन, आईरन, कपडा, कैची लगायतका प्राविधिक सामाग्री हस्तान्तरण गरिएको दलित सेवा संघ बर्दियाका अध्यक्ष एवम् कार्यक्रमका सभापति ताराबहादुर सुनारले बताउनु भयो ।

संस्थाले गुलरिया नगरपालिकाका २० जना र मधुवन नगरपालिकाका १० जना गरी ३० जनालाई तालिम सम्पन्न भए पश्चात प्रमाण पत्र लगायत सिलाई सामाग्री वितरण गरेको हो । सिप विकास तथा शैक्षिक सहयोग कार्यक्रम अन्र्तगत उच्च शिक्षा अध्ययन गर्ने छात्र छात्रालाई छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा गुलरिया नगरपालिका महिला शाखाकी अधिकृत शीला शाह, दातृ निकायका निर्देशक, लेखा प्रमुख, पत्रकार महासंघ लुम्विनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरे, गैसस महासंघका अध्यक्ष विष्णु तिमिल्सिना लगायतको उपस्थिती थियो । सिप विकास तथा शैक्षिक सहयोग कार्यक्रम अन्र्तगत उच्च शिक्षा अध्ययन गर्ने छात्र छात्रालाई छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा दातृ निकायका निर्देशक, लेखा प्रमुख, पत्रकार महासंघ लुम्विनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरे, गैसस महासंघका अध्यक्ष विष्णु तिमिल्सिना लगायतको उपस्थिती थियो ।

तपाइको मत