fbpx

क्रिकेट संघ बर्दियाको अध्यक्षमा विनय राजभण्डारी र्निविरोध

क्रिकेट संघ बर्दियाको अध्यक्षमा विनय राजभण्डारी र्निविरोध


चुरेकुञ्ज, गुलरिया । क्रिकेट संघ बर्दियाको अध्यक्षमा विनय राजभण्डारी सहितको कार्य समिति र्निविरोध चयन भएको छ । संघको वुधवार सम्पन्न अधिवेशनले अध्यक्ष राजभण्डारी सहित १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

राजभण्डारी पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा शुभाष तिमिल्सिना, सचिव संजिव सोमै, कोषाध्यक्ष डेविट थापा चयन भएका हुन् । सदस्यहरुमा युवराज श्रेष्ठ, कृष्णप्रसाद बस्याल (राकेश) दुर्गा आचार्य, प्रेम गिरी, विशाल श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, सन्तोष शर्मा, पर्वत बख्रेल, सोभित ध्वज चन्द र्निविरोध चयन भएको निर्वाचन समितिका संयोजक विरबहादुर रोकायाले बताए ।

केन्द्रिय प्रतिनिधि दुर्ग बहादुर थापामगरको उपस्थितीमा गरिएको अधिवेशनको उद्घाटन शत्रमा खेलकुद विकास कार्यालय बाँकेका प्रमुख महेश चन्दको प्रमुख आतिथ्यता थियो । उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल, महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्यालले बर्दिया क्रिकेटको उर्भर भुमी रहेकाले स्थानिय, प्रदेस तथा संघीय सरकारले यथोचित सहयोग गर्न आवस्यक रहेको बताएका थिए ।

तपाइको मत