fbpx

अवैंध खुला नाका बन्दको मागगर्दै प्रशासनको ध्यानाकर्षण

अवैंध खुला नाका बन्दको मागगर्दै प्रशासनको ध्यानाकर्षण


चुरेकुञ्ज, गुलरिया । कोरोना भाईरस ओमिक्रोनको महामारी फैलिरहेका बेला बर्दियामा चलिरहेका धार्मिक मेला, हाटबजार बन्द भएपनि भारतीय सीमावर्ती बजारहरुमा नेपालीहरुको घुईचो लागेपछि मुख्य बाहेकका खुला नाकाहरु बन्द गर्नुपर्ने मागगर्दै ब्यवसायीहरुले ध्यानाकर्र्षण गराएका छन् । जिल्लाका ८ वटै उद्योगबाणिज्य संघका अध्यक्षहरुले संयुक्त हस्ताक्षरगर्दै कडाईका साथ नाका बन्द गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

एकातिर विश्वब्यापी कोरोना संक्रमण बृद्धि अर्कोतिर किनमेलको बहानामा लाखौ रुपैया राजस्व चुहावट भएकोभन्दै ब्यापारीहरुले गैरकानूनी सामान ओसारपसार नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले ध्यानाकर्षण पत्र सुनाउँदै ब्यापारीहरुको माग र स्वास्थ्य संवेदनशिलतालाई मननगर्दै जनतालाई स्वास्थ्य सुरक्षाको सुनिश्चितता गराउँदै कानूनी राज्यको अनुभुती गराउन माग गरेका छन् ।

उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष एवं उद्योग वाणिज्य समन्वय समिति बर्दियाका संयोजक देवेन्द्र पाण्डे (मंगल), बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने, उद्योग बाणिज्य लुम्विनी प्रदेस सदस्य एवम् बाँसगढीका अध्यक्ष रामसिंह थारु, मधुवन उद्योग बाणिज्य संघका अध्यक्ष देवेन्द्र प्रसाद तिमिल्सिना, ठाकुरबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद आचार्य, बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णराज रेग्मी, बारबर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष बलराम कंडेल, गेरुवा उद्योग बाणिज्य संघका अध्यक्ष तेजराज बजगाईले संयुक्त हस्ताक्षर गरी बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ध्यानाकर्षण पत्र वुझाएका छन् । ब्यवसायीहरुले गराएको ध्यानाकर्षण उपर तत्काल अनुसन्धान गरी कदम चाल्ने प्रमुख जिल्ला अधिकारीले बताए । सबैको साथ र सहयोगको अपेक्षागर्दै अनधिकृत सीमाको प्रयोगलाई निरुत्साहित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

तपाइको मत