बाँसगढी नगरपालिकामा र्निमित किसानको शालिक अनावरण
- सोमबार माघ ३ , २०७८
अनोज थारु, बाँसगढी । बासँगढी नगरपालिकाको मुख्य बजार स्थित किसान चोकमा र्निमित किसानको शालिक अनावरण गरिएको छ । बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारी र पुर्व कमैया तथा किसान शिबप्रसाद थारुले संयुक्त रुपमा किसानको शालिक अनावरण गर्नुभएको हो ।

नवनिर्मित किसान चोक बासँगढी नगरपालिकाको चिनारीको रुपमा रहेको र किसानको पहिचानको लागि हलो जुवा बोकेको किसानको शालिक निर्माण गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताउनु भयो । नगरपालिकाले किसानहरुको हकहितका लागि विभिन्न कार्यक्रम लागु गरेको उहाँको भनाई छ ।

किसानहरुका लागि पशु विमा, कृषि विमा गरिरहेकोले बाँसगढीका सम्पूर्ण किसानहरुलाई लाभलिन आग्रह गर्नुभयो । नगरभित्रका किसानलाई कृषि विमा शतप्रतिशत निशुल्क गरिहेकोले सम्पुर्ण किसानहरुलाई सहभागी हुन नगरप्रमुखको अनुरोध छ । शालिक अनावरण कार्यक्रमका बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिधिनी वक्ताहरुले बासँगढी नगरपालिकाका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन स्थानिय सरकार लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।

किसान प्रति हेर्ने दृष्टि शालिकले परिर्वतन गर्न सहयोग पुर्याएको भन्दै शालिक अनावरणका सहभागीहरुले नगरपालिकालाई धन्यवाद दिएका छन् । कार्यक्रममा नगर उपप्रमुख शुस्मा चौधरीले स्वागत मन्तब्य दिनुभएको हो । अनवरण कार्यक्रमको संन्चालन नगरपालिकाका शेर बहादुर केसीले गर्नु भएको थियो ।
