fbpx

बर्दियामा कोरोना संक्रमण बढेपछि नियन्त्रण आदेश जारी

बर्दियामा कोरोना संक्रमण बढेपछि नियन्त्रण आदेश जारी

चुरेकुञ्ज, बर्दिया । बर्दियामा एक्कासी कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या बढेपछि प्रमुख जिल्ला अधिकारीले आदेश जारीगर्दै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । कोरोनाबाट जिल्लाको अवस्था जटिल बन्ने देखिएपछि प्रजिअ सन्तबहादुर सुनारले संक्रमणको जोखिम न्युनिकरण गर्न आदेश दिएका हुन् ।

कोरोनाको संक्रमण दर नियन्त्रण, निदान र उपचार गर्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ वमोजिम आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए ।

समयमै सावधानी नअपनाए संक्रमितको संख्या ठूलो मात्रामा बढ्न सक्छ । रोजगारी वा अन्यकुनै कारण जिल्ला बाहिर गई घर फर्किनेलाई नजिकको स्वास्थ्य केन्द्र वा खोप केन्द्रमा एन्टिजेन परिक्षण, खोप नलगाएकालाई खोप लगाउन आदेसमा भनिएको छ । सीमाबाट नेपाल भित्रिनेलाई अनिवार्य सीमामा रहेका हेल्थ डेस्कमा परिक्षण, खोप लगाउनु पर्ने छ । १२ बर्ष भन्दा माथिका सबैले स्वास्थ्य केन्द्रहरुमा गई खोप लगाउन निर्देशन दिईएको छ ।

जिल्लाका सबै आईसोलेसन सेन्टर, अस्पताल लगायत स्वास्थ्य केन्द्रहरुलाई तयारी अवस्थामा रहन भनिएको छ । सार्वजनिक स्थानमा भेलागर्न नहुने, २५ जना भन्दा बढीको जमघट गर्न नपाईने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, खोप कार्डहरु अनिवार्य देखाउनु पर्ने (मोवाईलमा राखिएको कार्डको फोटो भएपनि), मास्क, सेनिटाईजर, भौतिक दुरी लगायतका स्वास्थ्यको अनिवार्य पालना गर्नुपर्ने जारी आदेशमा उल्लेख छ । खोप लगाएकाहरुले पनि मापदण्डको पालना गर्नुपर्ने छ ।

कोभिड १९ सम्वन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना नगरे वा आदेश अवज्ञा गरे संक्रामक रोग ऐन २०२० एवम् स्थानिय प्रशासन ऐन २०२८ वमोजिम कारवाही हुने प्रजिअ सुनारले बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार बर्दियाका सबै स्थानियतहका विद्यालयहरु बन्द गरिएका छन् ।

तपाइको मत