fbpx

भारतबाट ल्याईएको ब्राउन सुगरसहित ४ जना पक्राउ

भारतबाट ल्याईएको ब्राउन सुगरसहित ४ जना पक्राउ

चुरेकुञ्ज, गुलरिया । प्रहरीले भारतबाट भित्राईएको लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । फरक फरक स्थानमा पक्राउ परेका उनीहरुबाट प्रहरीले १२ दशमलव ३ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्वर २ निवासी ३३ बर्षिय दिवश भण्डारी र २१ बर्षिय विशाल परियार बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर २ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । उनीहरुको साथबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर र २ थान मोबाईल बरामद गरेका छौं ।

जिल्ला दैलेख गुँरास गाउँपालिका वडा नम्वर ३ निवासी ३० बर्षिय तुलाराम शर्मासहित उनको साथबाट ७ ग्राम ४४० मिलिग्राम लागुऔषध, मोटरसाईकल र मोवाईल १/१ थान सोही गाउँपालिका वडा नम्वर ७ बाट बरामद गरिएको उनले बताए । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ४ निवासी २० बर्षिय विपन सुनार र उनको साथबाट ३ ग्राम ४६० मिलिग्राम लागुऔषध, मोटरसाईकल र मोबाईल १/१ थान सोही गाउँपालिकाबाट नियन्त्रणमा लिईएको डीएसपी शाहीले बताए । ब्राउन सुगरसहित नियन्त्रणमा लिईएका चारै जना उपर लागुऔषध आरोपमा मुद्दा दर्ता गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत