fbpx

बढैयातालमा संस्थाहरुसँग सहकार्य गर्न निर्देशिका बनाईंदै

बढैयातालमा संस्थाहरुसँग सहकार्य गर्न निर्देशिका बनाईंदै


अनोज थारु, बढैयाताल । गैरसरकारी संस्थासंग सहकार्य संम्बन्धी निर्देशिका २०७८ बारे बढैयाताल गाँउपालिकामा छलफल गरिएको छ । पारस्परीक जावफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको आयोजनाका छलफल चलाईएको हो ।

छलफलका क्रममा पालिका र गैर सरकारी संस्थाहरुसंगको आपसी सहकार्य र समन्वयलाई ब्यवस्थित एवम प्रभावकारी बनाउने, पालिकामा कार्य गर्ने गैससहरुलाई सहज र सरल बाताबरण सृजना गर्ने, पालिकाको सामाजिक, आर्थिक मानवीय लगायत समग्र बिषयमा नागरीकको सहज पहुँच पु¥याउने उद्देश्य राखी कार्यक्रम आयोजना गरीएको हो । छलफल पश्चात निर्देशिकालाई संम्शोधन गरेर अर्को बैठकमा छलफल गर्ने र बिधि पुर्वक काम गरेर मान्यता दिने सहभागिहरुले बताएका छन् ।

बढैयाताल गाँउपालिकाका उपअध्यक्ष दिपाकुमारी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, वडा नं ३ र ६ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली, रामहर्ष थारु, स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति, कर्मचारी लगायतको सहभागिता रह्यो । कार्यक्रमको संचालन संस्थाका कार्यक्रम अधिकृत प्रताप चौधरीले गर्नु भएको थियो ।

तपाइको मत