बालविवाह रोक्न धार्मिक गुरु तथा सरोकारवाला बिच सम्मेलन
- शुक्रबार पौष ३० , २०७८
मुरली गोडिया, बर्दिया । गुलरिया नगरापलिकामा बालविवाह न्युनिकरणका निम्ति नगरस्तरीय धार्मिक नेता र सरोकारवाला बीच सम्मेलन गरिएको छ । गुलरिया नगरपालिका कार्यालयको आयोजना र दलित महिला उत्थान संघ बर्दियाको सहयोगमा भएको सम्मेलनमा बालविवाह न्युनिकरणमा धार्मिक अगुवाहरुले हरुले हस्ताक्षर सहित वालविबाह रोक्ने प्रतिवद्धता गरेका छन् ।
बालविवाहले घरपरिवारमा आउन सक्ने समास्या एवं विवाह हुनुका कारणबारे व्यापक रुपमा छलफल गरिएको छ । सम्मेलनलाई सम्बोदनगर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बाल विवाह अन्त्य गर्नु सवैको सरोकार भएको सम्झेर लाग्न आग्रह गर्नु भयो । विभिन्न धार्मिक ग्रन्थहरुले समेत मानिसको जिवन कसरी स्वर्णिम बनाउने सम्बन्धमा धेरै कुराहरु प्रष्ट पारेकाले पनि बालविवाह नगर्न सन्देश प्रवाह गर्न आवश्यक रहेको सुनारले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै धार्मिक संजालका अध्यक्ष देवेन्द्र सिग्देलले बालविवाह न्युनिकरण गर्नमा विद्यालय स्तरबाट शिक्षक तथा अभिभावकहरुले विशेष पहल गर्न आवश्यक रहेको बताउनु भयो । गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गीरीले बालविवाहको अवस्था विकराल रहेको बताउनु भयो । वालविवाहबारे सवै सरोकारवाला निकाय गम्भिर भएर लाग्न उहाँले आग्रह गर्नु भयो । विशेष गरि वडाका वडा अध्यक्षहरुले गाउँ गाँउमा विशेष किसिमका कार्यक्रम संचलान गर्न आग्रह गर्नुभयो ।
मुस्लिम समुदायमा तलाक भन्ने समाजिक एवं धार्मिक मान्यताले पनि बहु विवाहलाई वढावा दिदै मुस्लिम किशोरी तथा महिलाहरुमा पिडा थपिदिएको उपप्रमुख गीरीको भनाई छ । विवाह हुनुपुर्व धार्मिक अगुवा तथा पुरोहित कहाँ जाने भएकाले वालविवाह रोक्न धार्मिक गुरुहरुले महत्वपुर्ण भुमिका रहेको उल्लेख गरिएको छ । दलित महिला उत्थान संघले गुलरिया नगरापलिका भित्रका ४ वटा वडामा वालविवाह तथा चाँडै हुने विवाह न्युनिकरण रोकथाम परियोजना संचालन गरि कार्य गरि रहेको परियोजना संयोजक जीरा वि.क.ले जानकारी दिनुभयो ।
गुलरियामा आयोजित नगर सम्मेलनमा प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख, गुलरिया नगरपालिका विषयगत शाखाका प्रमुख, वडा अध्यक्षहरु, धर्मगुरुहरु तथा कार्यक्रमका सहभागीहरुले बालविवाहको विरुद्धमा जुटौं बालबालिकाहरुको सुनौलो भविष्य प्रति सजक बर्नौ म प्रतिबद्ध छु भनि हस्ताक्षर समेत गरेका थिए ।