fbpx

पत्रकारले लेखनशैली परिमार्जन गर्नुपर्छ : संचारमन्त्री शर्मा

पत्रकारले लेखनशैली परिमार्जन गर्नुपर्छ : संचारमन्त्री शर्मा


मुरली गोडिया, गुलरिया । संचार जगतले वर्तमान अवस्थामा आफनो लेखन शैलीलाई परिमार्जन गर्न आवश्यक रहेको लुम्विनी प्रदेसका संचारमन्त्री तिलक शर्मा हिमालले बताउनु भएको छ । माघी पर्व २०७८ को पुर्व सन्ध्यामा शनिबार प्रेस सेन्टर बर्दियाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैसंचार मन्त्री शर्माले गलत विषय बस्तुलाई पनि रचनात्मक तथा आलोचनात्मक भाषा शैलीको प्रयोग गरि समाचार लेख्न आवस्यक रहेको बताउनु भयो ।

स्थानिय जनप्रतिनिधीले गरेको विभिन्न गलत कार्यहरुको उत्थान गर्न संचारकर्मीहरुले सकारात्मक सन्देश प्रवाह हुने तरिकाबाट समाचार लेख्न शुरुवात गर्नुपर्ने देखिएको उहाँको भनाई छ । समाचारमा आएको विषयवस्तुको सम्वन्धित पक्षले सुधार गर्न सकिने शैलीबाट समाचारहरु लेख्न संचारकर्मीहरुलाई अनुरोध गर्नुभयो । संचार क्षेत्रमा आबद्ध संचारकर्मीको थुप्रै समास्या प्रति मन्त्रालय गम्भिर भएको बताउनु भयो । संचारकर्मीको क्षमता अभिबृद्धि गरि परिष्कृत तवरले सुचना सम्पे्रण गर्न आवश्यक रहेकोमा शर्माले जोड दिनु भयो ।

संचारकर्मीहरुको क्षमता विकासका लागी मन्त्रालयमा छलफल भएकाले पत्रकार महासंघ प्रदेश र जिल्ला मार्फत उक्त कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनु भयो । लुम्बिनी प्रदेशका सम्पुर्ण जनतालाई माघी पर्वको शुभकामना व्यक्तगर्दै मन्त्रि शर्माले थारु सामुदाय तथा मगर समुदायको महान पर्व भएको उल्लेख गर्नु भयो । गुलरिया स्थित बालापुर गाँउका नागरिकहरुल वर्षौ देखी उपभोग गर्दै आएको जग्गाको लालपुर्जा अझै पाउन नसकेको संचारकर्मीको जिज्ञाशामा बोल्दै मन्त्रि शर्माले प्रदेश स्तरबाटै भुमि समास्या समाधान गर्न जिल्लामै कार्यालय स्थापना कार्य गरिने जानकारी दिनुभयो ।

विगतमा भुमिहीनहरुको समास्या हल गर्न विभिन्न आयोगहरु निर्माण गर्ने, विघठन गर्ने, पटक पटक फाइलहरु निर्माण गरि काम नहुने समास्याले जग्गा भएपनि लालपुर्जा नपाएकाले अन्य क्रियाकलाप गर्न नसकेको उहाँको जिकिर छ । अव केही समयमा यस्ता समस्या समाधान गर्न बर्दियाको बारबर्दिया नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा भुमि समस्या समाधान गर्ने कार्यालय नै स्थापना गरि भोगचलन गर्दै आएका नागरीकलाई सही स्थानमा लालपुर्जा दिन मिल्ने गरि कार्य गरिने मन्त्री शर्माको भनाई छ ।

प्रेस सेन्टर बर्दियाका अध्यक्ष भिमउँचै ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यलेबोल्दै जिल्लाका पत्रकार तथा स्थानिय मिडियाको हकहित, सुरक्षा लगायत प्रर्बद्धनका कार्यक्रमहरु बर्दियामा उपलब्ध गराउन मन्त्री समक्ष जोडदार माग गर्नु भएको छ ।

तपाइको मत