fbpx

ठाकुरबाबा मन्दिरमा लगाईने परम्परागत माघी मेला स्थगित

ठाकुरबाबा मन्दिरमा लगाईने परम्परागत माघी मेला स्थगित


मुरली गोडिया, गुलरिया । ठाकुरबाबा नगरपालिका स्थित ठाकुरबाबाको मन्दिरमा प्रत्येक वर्ष माघीमा लाग्ने परम्परागत मेला कोभिड संक्रमण त्रासले स्थागन गरिएको छ । मन्दिर व्यवस्थापन तथा विकास समिती ठाकुरबाबा बर्दियाले बुधबार सूचना जारीगर्दै मेला स्थागन गरिएको जनाएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पौष २६ गते निकालेको सुचना बमोजिम कार्यन्वयन गर्ने सम्बन्धमा मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाको निर्णय अनुसार माघी मेला २०७८ स्थागन गरिएको गरिएको छ । परम्परागत रुपमा लाग्ने मेला स्थागित भएपनि मन्दिर दर्शन गर्न आउने तिर्थालु तथा व्रतालुको समस्यालाई मध्येनजर गरि विभिन्नि शर्त एवं सुविधा दिई मन्दिर दर्शनको व्यवस्था मिलाईएको समितीले जनाएको छ ।

मन्दिर दर्शनका लागी कोभिड अवधिभर विहान ६ बजे देखी साँझ ६ बजे सम्म मन्दिर खुला रहने, ढोका बाटै दर्शन गर्न पाउने, मन्दिर दर्शन गर्दा सामाजिक दुरी र मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने शर्त अघि सारिएको छ । ठाकुरबाबा नगरपालिकामा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिरमा विहान ५ बजे देखि ६ बजे सम्म नियमित पुजा हुने ठाकुरबाबा मन्दिर ब्यवस्थापन समितिले पत्रमा उल्लेख गरेकोे छ ।

उद्योग बाणिज्य संघ बाँसगढीले पुष २९ गतेदेखि गर्ने भनिएको बाँसगढी महोत्सव आयोजक समितिले कोभिडका कारण स्थगित गरिएको विज्ञप्ती मार्फत जानकारी दिईएको छ । स्थानिय प्रशासनले भिडभाड, मेला महोत्सव नगर्न निर्देशन दिएको छ ।

तपाइको मत