fbpx

पृथ्वीनारायणको उपदेशलाई दलहरुले उतार्नुपर्छ : डा. अहिराज

पृथ्वीनारायणको उपदेशलाई दलहरुले उतार्नुपर्छ : डा. अहिराज


मुरली गोडिया, गुलरिया । प्रदेस नम्वर २ का निवर्तमान प्रमुख डा. राजेश झा अहिराजले नेपाल बाहिरी हस्तक्षेपमा परेको बताउनु भएको छ । बर्दियाको गुलरियामा स्थापना गरिएको पृथ्वी नारायण शाहको शालिक उद्घाटनका प्रमुख अतिथि अहिराजले पृथ्वी नारायाण शाहले दिएको दिव्य उपदेशलाई नेपाली राजनैतिक दलले व्यवहारमा उतार्न नसक्दा देश यो हालतमा पुगेको बताउनु भएको हो ।

शाहले नेपालका विभिन्न जातजाती, धर्म वर्गको लागि एकसाथ लडेको हुनले वर्तमान समयमा वहाँलाई सवैले साझा रुपमा लिन आग्रह गर्नु भयो । पृथ्वी नारायण शाहको दिव्य उपदेशले छिमेकी राष्ट्रहरुले लागु गर्नाले विकासको गतिमा गएको तर नेपालमा त्यसो हुन नसकेको अहिराजको बुझाई छ ।

कार्यक्रमको अवसरमा नेपाली सेनाले सलामी अर्पण, झण्डोतोलनगर्दै बृक्षारोपण लगायतका कार्यक्रम गरिएको थियो ।
संघीय सांसद संजयकुमार गौतम र गुलरिया नगरपालिकाका मेयरको देनले नै शालीक निर्माण कार्य पूरा हुन सकेको निर्माण समितीको सचिव देवकमल शर्माले बताउनु भएको छ ।

तपाइको मत