fbpx

नेपाल एकिकरणका सुत्रधार नेपाल राष्ट्र निर्माता बडा महाराजाधिराज पृथ्वी नारायण शाहको शालिक अनावरण

नेपाल एकिकरणका सुत्रधार नेपाल राष्ट्र निर्माता बडा महाराजाधिराज पृथ्वी नारायण शाहको शालिक अनावरण


विष्णु अधिकारी बर्दिया । गुलरिया नगरपालिका वडा नं. ८ को पृथ्वी पार्कमा नेपाल एकिकरणका अभियन्ता पृथ्वी नारायण शाहको पुर्ण कदको शालिक ३००औं पृथ्वी जयन्तीका अवसरमा अनावरण गरिएको छ । प्रदेस नम्वर २ का निवर्तमान प्रमुख डाक्टर राजेश अहिराजले शाहको पित्तलको शालिक अनावरण गर्नु भएको छ ।


गोलपार्कलाई नगरपालिकाले निर्णय गरि पृथ्वी पार्कमा परिणत गरेको थियो । पृथ्वी नारायण शाहले २२ से र २४ से राज्यमा छरिएर रहेको नेपाललाई एकिकरण गरेर आधुनिक नेपाल निर्माणमा खेलेको भूमिकाको उच्च कदरगर्दै शालिक निर्माण भएको हो । कार्यक्रमका प्रमुख अतिथी अहिराजले शालिक अनावरणगर्दै पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताउनु भएको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमाको साथै उहाँका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताउनुभयो ।

नेपालीहरूले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन नहुने उहाँको भनाई छ ।
‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले देशमा अन्याय हुन नदिनु, ठूलो न्याय निसाफ हेर्नु, न्याय निसाफ बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरि लिए तापनि पाप छैन, यी राजाका महाशत्रु हुन् जस्ता पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शन रहेको औल्याएका थिए । पृथ्वीनारायण शाहलाई एक राजाका रूपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान् नायकको रूपमा लिनुपर्दछ भन्ने कुरामा उहाँको जोड छ ।

वहाँले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताउनुभयो । अहिराजले शालिक निर्माण गर्न उल्लेखनीय भुमिका निभाउनु हुने सबैमा धन्यवाद दिनु भएको छ । बर्दिया क्षेत्र नं. १ का संघिय सासद संजय गौतमले पूर्वाधार विकास कोष मार्फत शालिक निर्माण गर्नका लागि १० लाख रुपैया सहयोग गर्नुभएको थियो । शालिक निर्माण स्थलका लागि गुलरिया नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय भारतजंग शाह र त्रिलोकजंग शाहले करिब १५ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । कार्यक्रममा सामाजिक अभियन्ताहरु, राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजको उपस्थिती रहेको थियो ।

तपाइको मत