fbpx

फड्कोमार्दै गुलरिया स्थित थपुवाको मिलिजुली सहकारी

फड्कोमार्दै गुलरिया स्थित थपुवाको मिलिजुली सहकारी


चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ८ थपुवामा अवस्थित मिलिजुली सहकारी संस्था स्थापनाको पहिलो बर्षमै फड्को मार्न सफल भएको छ । समूहबाट सहकारीमा परिणत गरिएको संस्थाले एकबर्षमै पौने ३९ लाखको कारोबार गरेको छ ।

सहकारीको पहिलो बार्षिक साधारण सभामा प्रतिवेदन सुनाउँदै सहकारीका लेखापाल अशोककुमार थारुले भने संस्थाले हालसम्म ३८ लाख ७० हजार ३३५ रुपैयाको कारोवार गरेको छ । ५० जना शेयर सदस्यहरु छन् । २५ लाख भन्दा बढी ऋण लगानी भएको छ । १३ लाख २१ हजार बैंक मौज्दाज छ । सभाको उद्घाटन शत्रमा शेयर सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । १० बर्ष अघि अनौपचारिक समूहबाट शुरु गरेपछि एकबर्ष अघिमात्र समूहलाई संस्थामा रुपान्तरण गरिएको सहकारीका अध्यक्ष सियाराम थारुले बताए । सदस्यहरुले बचतगर्दै गैरसरकारी संस्थाहरुसँग समन्वय मार्फत संस्थागत दीगो विकास हाम्रो लक्ष्य हो ।

भर्खर स्थापना भएकाले कार्यालय ब्यवस्थापन गर्दैछौ । गुलरिया नगरपालिकासँग समन्वयगर्दै थपुवालाई मकैको पकेट क्षेत्र वनाउने तयारीमा छौं । सचिव ललित चन्द थारु कोषाध्यक्ष भरोसे थारुले पेश गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ । शेयर सदस्य प्रताप सिंह थारुले स्वागत मन्तब्य गरेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा स्थानिय कृष्णि थारु, महारनिया थारु, हरिराम थारु, मोहनी थारु, बेलिया थारु, जनजिरिया थारु, भुरउ थारु, कुशली थारु छन् । उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।

स्थानिय वुद्धिजिवी शिक्षक सुब्बाराम थारुले बर्षाले किसानलाई पुर्याएको क्षतीको राहत दिनुपर्ने माग गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथी गुलरिया नगरपालिकाकी कृषि शाखाकी प्रतिनिधि निशा चौधरीले मिलिजुली सहकारीले धेरै राम्रो गरेको बताईन् । किसानलाई वेमौसमी बर्षाले पुर्याएको धानवाली क्षतीको राहत नामावली छनौटपछि मिल्ने वताईन् । संघीय सरकारले कोलेनिका मार्फत सहयोग दिने भएकाले नगरपालिकाले नामावली मात्र संकलन गरिदिएको उनको भनाई छ । नेपाल पत्रकार महासंघका अध्यक्ष कार्यक्रमका विशेष अतिथी यादव आचार्यले सहकारीले गरेको कामको सह्नागर्दै आगामी दिनमा शसक्त बनाउँदै लैजान शुभकामना दिए । नेपाल पत्रकार महासंघका सहसचिव विष्णुप्रसाद अधिकारीको साधारण सभाको उद्घाटन शत्रमा सहभागीता थियो ।

तपाइको मत