fbpx

ईलाका प्रशासन कार्यालय राजापुरमा प्रमुख नहुँदा समस्या

ईलाका प्रशासन कार्यालय राजापुरमा प्रमुख नहुँदा समस्या


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहिन बनेको छ । भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयलाई प्रशासनिक सेवा दिन स्थापित कार्यालय प्रमुख विहिन हुदाँ सेवाग्राही मारमा परेका छन् ।

विगत २०७३ साल देखि नायब सुब्बा कै भरमा इलाका प्रशासन कार्यालय सञ्चालन भएपनि पौष १६ गते कार्यालय प्रमुख नायब सुब्बाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर गएपछि राजापुर इलाका प्रशासन कार्यालय प्रमुख विहिन भएको हो । कार्यालयमा एक जना अधिकृत, ३ जना नायब सुब्ब, १ जना सह लेखापाल, १ जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेपनि अहिले १ जना कम्पुटर अपरेटर र २ जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।

कार्यालयमा प्रमुख सहित दरबन्दी अनुसारको कर्मचारीहरु नहुदाँ नेपाली नागरिकताको प्रमाण पत्र, राहदानी, जाति जनजाति प्रमााणित, विभिन्न प्रयोजनका सिफारिसहरु लगायत इलाका प्रशासन कार्यालयबाट पाउने सेवाबाट स्थानीय बञ्चित भएका छन् । गृह मन्त्रालयसँग लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी माग गर्दा पनि कर्मचारी नपठाउदा यस क्षेत्रका नागरिकहरुलाई नागरिकता सँगै मतदाता नामावली सङ्कलनमा समेत समस्या देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजाापुरको इलाका प्रशासन काार्यालयका लागि दरबन्न्दी अनुुसारका कर्मचारी पठाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाई नहुदा समस्या आएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले वताउनु भयो । कार्यालयमा कर्मचारी नभएर स्थानीयलाई सेवा दिन समस्या भएको गुनासोे आउना साथ जिल्ला प्रशासन कार्यालयले हप्तामा २ दिन सोमबार र बुधबार नायबसुब्बा वा खरिदार स्तरको कर्मचारीबाट सेवा प्रदान गरिहेको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ । दुईवटा स्थानीय तहका स्थानीयलाइ सेवा दिने इलाका प्रशासन कार्यालयमा लामो समयदेखि कार्यालय प्रमुख लगायत अन्य कर्मचारीको अभाब हुदाँ सेवाग्राहीहरु मर्कामा छन् ।

तपाइको मत