मुनाफा आर्जनगर्दै राजापुरको डल्फिन सहकारी
- सोमबार पौष २६ , २०७८
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको डल्फिन वचत तथा ऋअण सहकारी संस्था लिमिटेडको दशौ वार्षिक साधारणा सभा सम्पन्न भएको छ । राजापुरमा २०६९ सालमा स्थापना भएको सहकारीले सदस्य संख्यासँगैे नाफा समेत बढाउदै लगेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाको शेयर पुँजी ४७ लाख ४९ हजार २ सय र कुल पुँजी ३ करोड ३३ लाख ३८ हजार ८ सय ६ रुपैया रहेको जनाईएको छ । यस बर्ष संस्थाले ४ लाख ९ सय ९० रुपैया मुनाफा आर्जन गरेको छ । आगामी आ.व. मा संस्थाले जोखिम कमगर्दै करिब १३ लाख रुपैया नाफा गर्ने लक्ष्य राखेको छ । साधारण सभामा तुललनात्मक प्रगति प्रतिवेदन व्यवस्थापक शेर बहाददुर हमालले गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष रन बहादुर हमालको अध्यक्षतामा सम्पन्न वार्षिक ससाधारण सभाको प्रमुख अतिथि राजापुर नगरपालिका सहकारी शाखा प्रमुख सुनिता चौधरी र शिेष अतिथिमा पूर्व डिभिजन सहकारी प्रमुख तथा लेखा परीक्षक शिव कुमार अधिकारी रहनु भएको थियो । अन्य अतिथिहरुमा राजापुर नगरपालिकामा रहेका विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।