पृथ्वी नारायण शाहको ३०० औं जयन्तीका अवसरमा बर्दियाको गुलरियामा पूर्णकदको पित्तलको शालिक अनावरण गरिँदै
- सोमबार पौष २६ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरियामा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पूर्ण कदको पित्तलको शालिक निर्माण गरिएको छ । स्थानियको पहलमा निर्मित शालिकको ३०० औं पृथ्वी जयन्तीको अवसरमा अनावरण गरिन लागेको हो ।
प्रदेस नम्वर २ का पुर्व प्रदेस प्रमुख राजेश अहिराजले शालिकको समुद्घाटन गर्ने कार्यक्रम रहेको शलिक निर्माण समितिका सचिव कमलराज पौडेलले बताए । बर्दिया क्षेत्र नम्वर १ का संघीय सांसद संजयकुमार गौतमले पूर्वाधार विकास कोष मार्फत शालिक निर्माणका लागि १० लाख सहयोग उपलब्ध गराएको उनको भनाई छ । पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा शालिक अनावरणको तयारी गरिएको छ ।
गुलरिया नगरपालिका वडा नम्वर ८ स्थित कोठियाको बाईपास रोडको चोकमा पृथ्वी पार्क नामाकरण गरी शालिक निर्माण गरिएको छ । शालिक निर्माण स्थलको लागि गुलरिया नगरपालिका वडा नम्वर ८ निवासी स्वर्गिय भारत जंग शाह र त्रिलोक जंगशाहले जग्गा उपलब्ध गराएका हुन् । ०६५ सालमा ठाकुरबाबा नगरपालिका वडा नम्वर ५ बनकट्टी निवासी स्वर्गीय प्रमोद विक्रम राणाको प्रेरणामा निर्माण समितीका सचिव पौडेलले अभियानको थालनी गरेको बताईएको छ ।
मंगलवार दिउँसो ११ बजेदेखि शालिक अनावरणको औपचारिक कार्यक्रम आयोजना गरेका छौं । पौडेलले भने उद्घाटनका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम छ । झण्डोतोलन, बृक्षारोपण लगायत सम्बोधनको कार्यक्रम आयोजना गरेका छौ । उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय सांसद संजयकुमार गौतम र गुलरिया नगरपालिकाका मेयरको देनले नै शालीक निर्माण कार्य पूरा हुन सकेको उनको भनाई छ ।
राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहको शालिक निर्माण समितिको अध्यक्षमा त्रिलोक जंग शाह, उपाध्यक्ष स्वर्गिय मेघनाथ अधिकारी, सचिव कमलराज पौडेल, कोषाध्यक्ष अब्बास अलि धोवी छन् । त्यस्तै सदस्यहरुमा किशोर कुमार गौतम, भिमबहादुर बोहोरा, दिनेश प्रसाद श्रेष्ठ, सुधिर जंग शाह र शिवा शर्मा छन् । शालिक अनावरण कार्यक्रममा सहभागी हुन सम्पूर्ण बर्दियावासीलाई आयोजकले सादर निमन्त्रणा गरेका छन् ।
