fbpx

नेपाल निजामति कर्मचारी युनियन बर्दियामा कार्य समितिसहितको महाधिवेशन प्रतिनिधि सबै सर्बसम्मत

नेपाल निजामति कर्मचारी युनियन बर्दियामा कार्य समितिसहितको महाधिवेशन प्रतिनिधि सबै सर्बसम्मत

चुरेकुञ्ज, गुलरिया । नेपाल निजामती कर्मचारी युनियन बर्दिया जिल्ला कार्य समितिको अध्यक्ष पदमा द्रोणराज शर्मा पुनः सर्वसम्मत चयन भएका छन् । बर्दियाको गुलरियामा शनिवार सम्पन्न आठौं अधिवेशनले शर्माको नेतृत्वमा ५ जना महाधिवेशन प्रतिनिधिसहित १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा त्रय दिपकराज थापा (खुला), विनाकुमारी पौडेल (महिला), कमलबहादुर गुरुंग (समावेशी) चयन भएका हुन् । सचिव राजेन्द्र प्रसाद सुवेदी, सहसचिव तपेन्द्रराज न्यौपाने र कोषाध्यक्ष अर्जुन आचार्य निर्विरोध भएको अध्यक्ष द्रोणराज शर्माले जानकारी दिएका छन् ।

सदस्यहरुमा अजयसिंह ठाकुर गुलरिया नगरपालिका, गंगाराम चौधरी राजापुर नगरपालिका, कालिराम थारु बाँसगढी नगरपालिका, वासुदेव अधिकारी मधुवन नगरपालिका, जोधीराम चौधरी गेरुवा गाउँपालिका, रणबहादुर रावत बढैयाताल गाउँपालिका, विमला वि.क. जिल्ला प्रशासन कार्यालय बर्दिया, टंकबहादुर पुन कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दिया चयन भएका छन् । दुई जना सदस्य मनोनित गर्न बाँकी रहेको चुरेकुञ्जलाई बताए ।

कर्मचारी युनियनको महाधिवेशन प्रतिनिधिमा प्रकाश शर्मा, विष्णु प्रसाद ज्ञवाली, दिपक गौतम, निराजन शर्मा र विमला भण्डारी चयन भएका छन् । अधिवेशनबाट भुगोल, क्षेत्र, स्थानियतह, संघ, प्रदेस समेटेर कार्यसमिति चयन गरिएको अध्यक्ष शर्माको भनाई छ । कर्मचारीको विभेदपूर्ण समायोजन, रिक्त दरवन्दी, सेवा प्रवाहमा कठिनाई एउटै ऐन नहुँदा समस्या परेकाले कर्मचारी हकहितको लागि केन्द्रमा पहल गर्ने अध्यक्षले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

तपाइको मत