बाँसगढी पिपलबोट सहकारीको कारोवार २३ करोडभन्दा माथी
- आइतबार पौष २५ , २०७८
अनोज थारु, बाँसगढी । बाँसगढी पिपलबोट सहकारी संस्थाले २३ करोड ४९ लाख भन्दा धेरै आर्थिक कारोबार गर्दे १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पिपलबोट सहकारी संस्थाले २३ करोड ४९लाख ६१ हजार ७३७ रुपैँयाको आय ब्यय प्रस्तुतगर्दै अनुमोदन गरेको हो ।
साधारण सभाका अध्यक्ष नवराज अधिकारीले संस्थाले स्थापना काल देखि अहिले सम्म आईपुग्दा १ करोड ३१ लाख ४२ हजार ७२४ रुपैँया आम्दानी गरेको जानकारी दिनुभयो । भने खर्च तर्फ ८७ लाख ३८ हजार २४० रुपैँया रहेको छ । त्यस्तै शुद्ध नाफा तर्फ ४४ लाख ४ हजार ४८४ रुपैँया रहेको छ । कार्यक्रममा बिशिष्ट अतिथीको आसनबाट बौल्दै जिल्ला सहकारी संस्थाका अध्यक्ष नवराज ढुङगानाले बोल्ने बक्तहरुको कुरामा सर्मथन जनाउदै सहकारी संस्थाको लक्ष्य, उद्देश्यको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै र संस्थाको कारोबार, शेरपुजी, बजार र लगानी धेरै राम्रो रहेको बताउनु भयो । त्यसैगरी जिल्ला सहकारी संस्थाका अध्यक्ष नवराज ढुङगानाले सदस्यहरु शेयर भत्ता लिनलाई लाईनमा बस्ने काम संस्थाले हटाउनु पर्ने बताउनु भयो । सहकारी संस्था भनेको ब्यवसायिक संस्था हो । यसले बचत गर्ने र ऋण लगानी गर्ने गर्दछ तर सहकारी संस्थाले १६ प्रतिशतमा लगानी गर्ने गरेकोमा सचेत गराउदै १४.७ प्रतिशतमा लगानी गर्न सुझाब दिनु भएको छ ।
पिपलबोट सहकारी संस्थाले असल ब्यवसाय गर्ने तारा देबि थारुनी, बाटुली राजी र ओटेराम थारुलाई सम्मान गरेको छ । त्यस्तै यसबर्ष ८४ हजारको शेयर लिएकोमा बाँसगढी न.पा. ५ का भोजराज शर्मालाई सम्मान गरेको छ । ३० लाख भन्दा बढी बतच गर्ने भवन बहादुर सापकोटा र जंङगलिया थारुलाई सम्मान गरेको छ । नियमित बचत गर्ने अम्बिका चापागाई लाई पनि सम्मान गरेको छ ।
सहकारी संस्थाका ८ ओटै कर्मचारीहरुको उत्साह र हौसला बढाउने उद्देश्यले सम्मान गरीएको छ । भने दैनिक बचत गर्नेमा उत्कृष्ट बिष्णु प्रसाद ढकाल र हरिसचन्द्र पौडेललाई पनि दोसल्ला ओधाएर सम्मान गरेको छ । पिपलबोट संस्थामा १ हजार ५३ जना शेर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका उपाअध्यक्ष बद्री बरालले स्वागत मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रमको सन्चालन संस्थाका प्रबन्द निर्देशक पुर्ण वलीले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सहकारी संस्थाका शेयर सदस्य, कर्मचारी र संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।