शिक्षक संघ ठाकुरबाबाको अध्यक्षमा खडक प्रसाद सर्बसम्मत
- शनिबार पौष २४ , २०७८
चुरेकुञ्ज, गुलरिया । नेपाल शिक्षक संघ ठाकुरबाबा नगरपालिकाको नगरसमितिमा खडक प्रसाद उपाध्याय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न दोस्रो अधिवेशनले नगर कार्यसमितिको सबै पद सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्ष (महिला) उमा बुढाक्षेत्री, खुला सुरेन्द्रकुमार चौधरी, सचिव जीवन खनाल, सचिव (अर्थ) दिपक लामा चयन भएका छन् । त्यस्तै सहसचिवहरुमा भरत कठायत, शान्ति अधिकारी, बद्री राजा, मदन चुनारा चयन भएका हुन् । सहसचिव (अर्थ) तर्फ युवराज शर्मा चयन भएको शिक्षक यज्ञ नेपालले बताउनु भयो । अधिवेशनले ९ वटै वडाका वडा संयोजक लगायत सदस्यहरु पनि सर्वसम्मत चयन गरेको छ ।