नेकपा एमाले बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ सर्बसम्मत
- शनिबार पौष २४ , २०७८
चुरेकुञ्ज, बर्दिया । नेकपा एमाले बर्दिया जिल्ला कार्य समितिको अध्यक्षमा लालबहादुर श्रेष्ठ सर्बसम्मत भएका छन् । शनिवार सम्पन्न ९ औं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा शालिकराम अधिकारी, सचिव पदम ढकाल, उपसचिव पहारी चौधरी र टिका सम्सेली चयन भएका छन् । अधिवेशनले १ सय ५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको नेकपा एमाले बर्दियाले जनाएको छ ।