लुम्विनी प्रदेसको सुरक्षा कडा बनाइँदै
- बुधबार माघ २८ , २०७७
बर्दिया । लुम्विनी प्रदेस संयुक्त सुरक्षा समितिले प्रदेसकै सुरक्षा ब्यवस्था कडा पार्ने भएको छ । लुम्विनी प्रदेस प्रहरी कार्यालय दांगद्वारा आयोजित बृहत अन्र्तक्रियामा आगामी निर्वाचनलाई मध्यनजरगर्दै सुरक्षा ब्यवस्था थप कडा बनाउने प्रतिवद्धता गरिएको हो ।
बुधवार सम्पन्न सुरक्षा गोष्ठिमा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, प्रदेस प्रहरी कार्यालय दांगका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकाल लगायत नं. १९ र नं. २२ बाहिनीका निमित्त बाहिनीपतिहरु सहभागी रहेको लुम्विनी प्रदेस प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा समसामायिक शान्तिसुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित समुहहरुबाट हुन सक्ने संभावित जोखिम न्युनिकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान–प्रदान एवं समन्वयात्मक भुमिकाको बारेमा छलफल भएको बताईएको छ ।