fbpx

एमालेलाई विभाजित गर्न धेरैको षडयन्त्र : लक्ष्मण ज्ञवाली

एमालेलाई विभाजित गर्न धेरैको षडयन्त्र : लक्ष्मण ज्ञवाली


चुरेकुञ्ज, गुलरिया । नेकपा एमालेलाई विभाजित गर्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट षडयन्त्र भैरहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज लक्ष्मण ज्ञवालीले बताएका छन् । नेकपा एमालेको बर्दिया जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी ज्ञवालीले एमाले टुक्राउन धेरैको ध्यान केन्द्रित भएको बताएका हुन् ।

जनताले लामबद्ध भएर एमालेलाई समर्थन गरेकाले कुनैपनि शक्तिले पार्टीलाई विभाजित गर्न नसक्ने उनको भनाई छ । एमाले पार्टी भित्र फुटेर नभई जुटेर एक हुन सबै प्रतिबद्ध भएकाले पनि एमाले कुनैपनि हालतमा नफुट्ने बताए । शुक्रवार हुने एमालेको बर्दिया अधिवेशनले सर्वसम्मतको कमिटि निर्माण गर्ने विश्वास दिलाए ।

सतहमा आएजस्तो एमाले भित्र कुनैपनि विवाद नभएको प्रष्ट्याउँदै नेता ज्ञवालीले जिल्लाका सबै दलहरु राजनितिक संस्कार बोकेर अघि हिड्न आब्हान गरे । जिल्लाको विकास र समृद्धिको लागि संस्कारयुक्त राजनिति बोक्ने सन्देश दिन खोजेको उनले प्रष्ट्याए ।
नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष लालबहादुर श्रेष्ठले संचारकर्मीहरुको जिज्ञासा मेटाउँदै एमालेको राष्ट्रिय विधान अधिवेशनबाट सर्वसम्मत स्विकृत विधान वमोजिम कार्यकर्ताहरु ऐक्यवद्ध भएकाले अधिवेशन सर्बसम्मत रुपमा समावेशी हुने विस्वास दिलाए ।

वडा तथा स्थानियतहहरुका अधिवेशनहरु सर्बसम्मत सम्पन्न भैसकेकाले जिल्ला अधिवेशन पनि सर्वसम्मत हुने श्रेष्ठको भनाई छ ।
पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको सक्रियतामा देशमा द्वन्द ब्यवस्थापन, बिकास एवम् संविधान कार्यान्वयनको नेतृत्व लिएकाले आगामी तिनै तहका निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने दावी गरे । नेकपा एमालेले सडक पूर्वाधार लगायतका विकासका आधारहरु तयार पारेकाले जिल्लाका अधिकतम स्थानिय तहहरु आफूहरुले जित्ने उनको तर्क छ ।

पत्रकार सम्मेलनमा स्वागत मन्तब्यदिँदै नेकपा एमाले बर्दियाका उपाध्यक्ष एवम् बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले नेकपासँगको एकता पश्चात एमाले विभाजन भएपछि पार्टीको अधिवेशन गर्न लागिएको बताए । शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशैभर भर्चुअल माध्यम मार्फत जिल्ला अधिवेशनहरु उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । जिल्लाका ९ सय प्रतिनिधि विच छलफलगर्दै नेकपा एमालेलाई आगामी निर्वाचनमा वहुमत दिलाउन सर्वसम्मत अधिवेशन सम्पन्न गर्ने उनको जिकिर छ । कार्यक्रममा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु, पत्रकारहरु उपस्थित थिए ।

तपाइको मत