fbpx

गुलरिया नगरपालिका स्थानियतह कर्मचारी युनियनको अध्यक्षमा खनाल सहितको कार्यसमिति सर्वसम्मत चयन

गुलरिया नगरपालिका स्थानियतह कर्मचारी युनियनको अध्यक्षमा खनाल सहितको कार्यसमिति सर्वसम्मत चयन


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका स्थानियतह कर्मचारी युनियनको अध्यक्ष पदमा केशवराज खनाल र्निविरोध चयन भएका छन् । गुलरियामा भएको अधिवेशनले १३ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा द्वय लुना आचार्य र रमेश कुमार गौतम चयन भएका हुन् । सचिवमा अजय शर्मा कोषाध्यक्ष बबिता सिंजाली मगर चयन भएका छन् । सदस्यहरुमा कृष्ण केसी, विनोद भुषाल, दिपक गौतम, कमल भट्टराई, सुनिता शर्मा, फुलमाया थारु, काली बहादुर आचार्य र ऋषिराम लामिछाने चयन भएको कार्यसमितिका सदस्य कृष्ण केसीले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको पहिलो वैठक बसी महत्वपूर्ण विषयमा निर्णयहरु गरेको उनले बताए ।

तपाइको मत