fbpx

नेपाल निजामती कर्मचारी संगठन बर्दियाको अध्यक्षमा बिष्ट

नेपाल निजामती कर्मचारी संगठन बर्दियाको अध्यक्षमा बिष्ट


चुरेकुञ्ज, गुलरिया । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाको अध्यक्ष पदमा कृष्ण बहादुर विष्ट सर्बसम्मत चयन भएका छन् । शनिवार सम्पन्न दशौं अधिवेशनले बिष्टसहित २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा युवराज अधिकारी, महिला उपाध्यक्ष जानकी गिरी, सचिव हशि तिरुवा, सहसचिव कलाधर गौतम, कोषाध्यक्ष कृष्ण प्रसाद शर्मा चयन भएका छन् । सदस्यहरुमा विजय कुमार मल्ल, भिमबहादुर थापा, नरेशकुमार पासी, उषा पुन, उमा अधिकारी, उद्धवराज शर्मा, सुमित्रा शर्मा, भुमिसरा भुसाल, प्रेम प्रसाद खनाल, भिम बहादुर बोहरा, रामचन्द्र भुषाल, डोलराज वली, राधिका वास्तोला, लक्ष्मण तारामी, दिनेश रसाइली सर्बसम्मत चयन भएको सदस्य विजय कुमार मल्लले जानकारी दिएका छन् ।

तपाइको मत