fbpx

मधुवनमा सामुदायिक आँखा उपचार केन्द्रद्वारा नि:शुल्क अप्रेशन

मधुवनमा सामुदायिक आँखा उपचार केन्द्रद्वारा नि:शुल्क अप्रेशन

हरि गुरुङ्ग, मधुवन । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.–६ मा रहेको सानोश्री सामुदायिक आँखा उपचार केन्द्रद्वारा संचालित निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले उद्घाटन गरेको स्वास्थ्य शिविरमा स्थानियले भरपूर्ण स्वास्थ्य सेवा लिएका छन् ।

०७४ सालमा स्थापना भएको सानोश्री सामुदायिक आँखा उपचार केन्द्रले हालसम्म १८ हजार ९०९ जनालाई वहिरंग सेवा दिएको छ । जसमा मोतिबिन्दुका रोगी ५ हजार ९२९ जना पत्ता लागेका छन् । विरामी मध्ये २ हजार ४३२ जनाको सफल उपचार गरिसकेको छ । उपचार केन्द्र जिल्लाको मध्य भागमा पर्ने भएकोले उपचारका लागी सहज भएको स्थानियको भनाई छ ।

उपचारका लागी छिमेकी राष्ट्र भारतबाट समेत आउने गरेको छ्न । उपचार केन्द्रलाई जिल्ला समन्वय समिति बर्दिया र मधुवन नगरपालिकाले १ करोड बराबरको उपकरण सहयोग गर्ने भनि निर्णय समेत भैसकेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु मानव शरीरको महत्त्वपूर्ण पाँच अङ्ग मध्य आँखा पनि एक भएको बताउँछन् । सामाजिक, मानव सेवाको रूपमा संचालित कार्यमा लुम्बिनी प्रदेश सरकार र ब्यक्तिगत तर्फबाट धन्यवाद दिए ।

राज्यको तर्फबाट आधारभुत उपचार निशुल्क गर्ने र हरेक नागरिकलाई स्वस्थ बनाउने र स्वस्थ जनशक्ति निर्माण गर्ने संबैधानिक दायित्व छ । उक्त दायित्व संघ, प्रदेश र स्थानीय सरकारले पुरा गर्दै आईरहेको उनको भनाई छ । लुम्बिनी प्रदेश सरकारले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउने निति लिएको बताए । सात वटै प्रदेश भन्दा पहिलो स्वास्थ्य क्षेत्रमा १० प्रतिशत छुट्याउने लुम्बिनी प्रदेश बनेको सुनाए । लुम्बिनी प्रदेशका नागरिकहरुलाई आफ्नै प्रदेश भित्र उपचार हुने गरि बाहिर नजाने गरि विशेषज्ञ सेवा सहितको अस्पताल निर्माण गर्ने टेण्डर प्रक्रियामा अगाडि बढेका छौं ।

हरेक जिल्लामा ५० शैया वृद्धि गरेर त्यहाँ पनि विशेषज्ञ सेवाहरु दिन सक्ने गरि राज्यको दायित्व अन्तर्गत पर्ने आधारभूत स्वास्थ्य सुविधाहरु नागरिकलाई दिने गरि अस्पताल सुदृढ गर्ने र भौतिक पुर्वाधारहरु निर्माण गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने गरि अगाडि बढेको बताए । समुदायबाट संचालन भएका उपचार केन्द्र वा अस्पतालहरुलाई सहयोग रहने छ । बर्दिया जिल्लामा मोतिबिन्दुले जरजर पारेको अवस्थामा प्रदेश सरकारले भौतिक पुर्वाधार उपकरणका लागी सहयोग गर्ने मन्त्री थारुले प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश संसद कुल प्रसाद पोख्रेल, जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु विशेष अतिथिका रुपमा मधुवन नगरपालिकाका नगर उप–प्रमुख शुवरानी थारु, वरिष्ठ नेत्र चिकित्सक बिद्या प्रसाद पन्त अतिथिका रूपमा थिए ।

संस्थाका आजिवन सदस्य तथा नेपाली कांग्रेस मधुवन नगर समिति सभापति डम्बर के.सी., सल्लाहकार तथा ने.क.पा. एमाले मधुवन नगर कमिटी अध्यक्ष दुर्गा वलि, ने.क.पा माओवादी केन्द्र मधुवन नगर कमिटि अध्यक्ष हरिहर चौधरी, ने.क.पा. एकीकृत समाजवादी मधुवन नगर कमिटी अध्यक्ष दुर्गा बहादुर रिमाल, मधुवन नगरपालिका वडा नं.–६, ७ भक्त बहादुर सुनार, राजेन्द्र हमाल, नेपाल पत्रकार महासंघ बर्दिया शाखा कोषाध्यक्ष सितल थापा, शसस्त्र प्रहरी बल बेश क्याप सानोश्री स.प्र.नि. अर्जुन प्रसाद ढकाल, ईलाका प्रहरी कार्यालय सानोश्रीका प्र.ना.नि. गगन गिरी लगायत उपचार्थ बिरामीहरुको उपस्थिति रहेको थियो ।

नेपाल नेत्र ज्योति संघ बर्दिया शाखाको आयोजनामा डार्क फाउन्डेशन पीईएफको आर्थिक सहयोगमा संचालन भएको हो । कार्यक्रमको सभापतित्वमा सानोश्री आँखा उपचार केन्द्र मधुवन नगरपालिका वडा नं.–६ का सभापति गोपालप्रसाद पौडेल हुनुहुन्थ्यो भने स्वागत मन्त्ब्य नेपाल नेत्र ज्योति संघ बर्दियाका उप–सभापति लोकमणि आचार्य गर्नुभएको थियो ।

तपाइको मत