fbpx

बबईका बाढी पिडितका लागी पक्की घर निर्माणको शिलान्यास

बबईका बाढी पिडितका लागी पक्की घर निर्माणको शिलान्यास


मुरली गोडिया, गुलरिया । २०७१ सालमा आएको बाढीले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थीत रामपुर टापुका बाढी पिडित परिवारका लागी पक्कि घर निर्माण शुरु गरिएको छ । उनीहरु विगत ८ वर्ष देखी खुला अकाश मुनी त्रिपालको भरमा बस्दै आएका थिए ।

विविध समास्या झेल्दै आएका बाढी पिडित परिवारका लागी स्थानिय सरकार र संस्थाले पक्कि घर निर्माणका लागी शिल्यान्यास गरिएसंगै स्थानियमा खुशि छाएको छ । २०७१ सालका बाढीले बर्दियाका करिब १७ सय घर पुर्णक्षेती भएका थिए । गुलरिया नगरपालिका भित्र पर्ने वडा नम्बर ४ को रामपुर टापु र कैलाश नगर गाउँका स्थायिनको घर पुर्ण रुपमा क्षेती भएका थिए । बाढी प्रभावित क्षेत्र रामपुर टापुका गाँउका स्थानिय ६ जनाको ज्यान समेत गएको थियो । मानविय क्षेती समेत व्यहोरेका स्थानिय पटक पटक स्थानिय सरकार समक्ष आफनो दुखेसो सुनाउने गरेका थिए ।

भुकम्प प्रतिरोधी तथा बाढीबाट प्रभावित नहुने पक्कि घर पाउने भएपछि उनिहरुले सरकार भएको आशा ब्यक्त गरे । शुक्रवार एक कार्यक्रमका बीच गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले उक्त बस्तीमा पुगी शिलान्यास गरेका छन । वडा नम्बर ४ मा ४२ वटा घरहरु निर्माण गरिने जनाइएको छ । गुलरिया नगरपालिकाले १ करोड २६ लाख, कारीतास नेपाल नामक संस्थाले ५५ लाख १० हजार र २ लाख ३२ हजार ७ सय ३१ रुपैयाको जनश्रमदान तथा स्वलगानीमा उक्त घरहरु निर्माण हुन लागेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

उक्त बस्तीमा १२/१२ को कोठा, ७/७ को किचन, १ व्रण्डा र १ सानो स्टोर हुने गरी ४२ वटा घर निर्माण गरि नमुना बस्ती बनाउने बताइएको छ । २०७९ साल असार ३० गते उक्त बस्तीका सबै घर निर्माण सम्पन्न हुने जनाइएको छ ।

तपाइको मत