fbpx

सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन स्थानियतहमा

सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन स्थानियतहमा

मुरली गोडिया, बर्दिया । सिके राउतका कार्यकर्ता बेमौसमी पानीले नोक्सान पारेको धानबाली लगायत अन्यबालीको रातह तथा क्षतिपुर्ति र किसानलाई सहज रुपमा मल, बिउ उपलब्ध गराउने लगायत माग राख्दै आन्दोलनमा उत्रिएका छन् । पत्रकार सम्मेलन गर्दै पार्टीका जिल्ला अध्यक्ष सोहराव पठानले आन्दोलनको रुपमा स्थानीय प्रशासन र पालिकामा धर्ना र प्रदर्शन गर्ने बताए ।

तीन दिन देखि हुलाकी राजमार्गको नेपालगन्ज–राजापुर खण्डमा चक्काजाम गर्दै आएका पार्टीका कार्यकर्ताले आन्दोलनको स्वरुप फेर्दै चक्काजाम स्थगन गरेको जनमत पार्टी बर्दियाले विज्ञप्ती मार्फत जानकारी गराएको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टी, बर्दियाले अनिश्चित कालीन राजमार्ग केन्द्रित चक्काजाम स्थागन गरेको जनाएको छ । आइतबार साँझ ५ बजे देखि देखि फिर्ता लिएको हो । महान पर्व माघीलाई मध्यनजर राख्दै हाललाई अनिश्चितकालीन चक्काजाम स्थगन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइको मत