केपी ओली ढलेको घोषणा गर्न मात्र बाँकी
- बुधबार माघ २८ , २०७७
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको आरोप लगाएकी छन । संसद विघटनविरुद्ध राजधानीमा प्रचण्ड, नेपाल समूहको शक्तिप्रदर्शन पछि विरोधसभा बोल्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।
आज राजधानीका सडकमा छरपस्ट मानिसले भनेका छन्, खड्कप्रसाद ओली कागजी बादशाहा हुन् । ती ढलिसके । अब अन्तिम घोषणा गर्न बाँकी छ,’उनले भनिन् । उनले प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई अधोगतिको संकेत दिइन ।
जब बादशाहा या तानाशाहाले आफ्नो कदलाई घटाउँदै घटाउँदै जान्छन् त्यतिबेला राज्यको सम्पतिको दोहोन गर्दै कागजका अग्ला कदका प्रतिमा मात्र होइनन् बुख्याचाहरु बनाउँछन् ओलीले त्यही गरेका हुन् । यो अधोगति हो ।’
उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरिन् । उनले भनिन्,’ कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो। यो राष्ट्रपति सम्मानीय संस्था हो । यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो ।’
त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ । एउटा खलपात्रका विरुद्ध बोल्दै गर्दै यहाँ कसले भन्छ महिला अस्मिता मिचियो भनेर। बोल्न पाइन्छ,’ उनले भनिन् ।