fbpx

थप आन्दोलनको कार्यक्रम घोषणागर्दै राजमार्ग बन्द खुल्यो

थप आन्दोलनको कार्यक्रम घोषणागर्दै राजमार्ग बन्द खुल्यो


चुरेकुञ्ज, गुलरिया । जनमत पार्टी बर्दियाले आब्हान गरेको राजमार्ग बन्दको कार्यक्रम स्थगित गरेको छ । नजिकिँदै गरेको माघी पर्वलाई लक्षितगर्दै सडक बन्द आईतवार वेलुकी ५ बजेदेखि फिर्ता गरिएको पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारीगर्दै जानकारी दिईएको छ ।

बेमौसमी बर्षाले गरेको क्षतीको किसानहरुलाई उचित राहतको मागगर्दै बर्दियामा ४ दिनदेखि यातायात अबरुद्ध पारिएको जनमत पार्टी बर्दियाका अध्यक्ष सोहराब पठानले बताए । हाम्रो मागप्रति कुनै सुनुवाई नगरिएकाले प्रशासन कार्यालय लगायत स्थानियतहहरुमा धर्ना, नारावाजीको थप कार्यक्रम अघि सारेको उनको भनाई छ । माघी पर्वका कारण यातायात बन्द स्थगन गरेका छौं । बन्दकर्ताहरु सडकका मेनचोकमा बसी बन्द गराउँनाले बर्दिया क्षेत्रको यातायात प्रभावित भएको थियो ।

तपाइको मत