fbpx

पिपलबोट सहकारी बाँसगढीको अध्यक्षमा रामचन्द्र अधिकारी

पिपलबोट सहकारी बाँसगढीको अध्यक्षमा रामचन्द्र अधिकारी


अनोज थारु, बाँसगढी । पिपलबोट सहकारी संस्था बाँसगढीको अध्यक्ष पदमा रामचन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको हो ।

उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिव धनबहादुर बुढा, कोषाध्यक्ष बद्रीनाथ बराल चयन भएका हुन् । सदस्यहरुमा बिजया कुमारी शर्मा, सरस्वती निमिल्सिना, देबि माया बस्याल, भोजराज शर्मा, बिष्णु प्रसाद ढकाल, रामफल चौधरी र तिलनाथ शर्मा लामिछाने चयन भएको नवर्निवाचित अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अधिवेशनबाट लेखा संयोजकमा सन्तोष कुमार रेग्मी, सदस्य युगपति पौडेल र भवदिन पोख्रेल चयन हुनु भएको छ । संस्थाका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले सहकारी स्थापनाको उद्देश्य पुरा गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

सहकारीले कृर्षकहरुको परिवारीक जिवन सुदृढगर्दे आर्थिक आयआर्जनमा सुधार ल्याउन अहम भुमिका खेलेको नगर प्रमुख अधिकारीको भनाई छ । बर्दियाका स्थानीय तह मध्ये बाँसगढी नगरपालिकाले मात्रै सहकारीहरुलाई भौतिक पुर्वधार निर्माणमा सहयोग नगरे पनि कृषकहरुको उत्पादनमा जोडेर सहकारी संस्थासंग काम गरीरहेको नगर प्रमुखको भनाई छ ।

तपाइको मत