fbpx

अब काँग्रेसमा समिक्षा गर्ने बेला आएको छ : सहमहामन्त्री राठौर

अब काँग्रेसमा समिक्षा गर्ने बेला आएको छ : सहमहामन्त्री राठौर


केशव कोईराला, राजापुर । नेपाली काङ्ग्रेसका सह महामन्त्री किशोर सिङ राठौरले काङ्ग्रेसको समिक्षा गर्नेबेला आएको बताउनु भएको छ । बर्दियाको राजापुरमा काङ्ग्रेस बर्दिया क्षेत्र नम्वर २ (ख) ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथी राठौरले यस्तो बताउनु भएको हो ।

गुट उप गुटका कारण पार्टी कमजोर भएको भन्दै अबका दिनमा पदको लागि लुछाचुँडी भन्दापनी काङ्ग्रेस बलियो बनाउन तर्फ लाग्नुपर्ने बताउनु भयो । सबै किसिमको बिचार र दृष्टिकोण भएको ब्यक्ती पार्टीलाई चाहिएको भन्दै नेता राठौरले यस्तो गर्न सके मात्रै बलियो काङ्ग्रेस बनाउन सकिने धारणा राख्नुभयो । पार्टीमा त्याग गरेका साथीहरुलाइ ब्यबस्थापन गर्न नसक्नु भुल भएको भन्दै आगामी दिनमा ब्यबस्थापनगर्दै लैजानेमा बिश्वस्त हुन आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सन्जय कुमार गौतमले बाहिर बिरोध र भित्र सहमती गरि जनता झुक्याउने खेलमा नेकपा एमालेका अध्यक्ष केपी ओली लागेको आरोप लगाउदै काम गर्नका निम्ति सदन सुचारु हुनुपर्ने बिचार व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.गोपाल दहितले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै आफुहरुको काँधमा जिम्मेवारी थपिएकाले नेताकार्यकर्ता लाई एक बनाएर लैजाने धारणा राख्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य जुवेदा खातुन जागा लुम्बिनी प्रदेशका प्रदेस सदस्य भुवनेश्वर थारु नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति अरुण प्रकास सिंह राठौर लगायत विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथी सहमहामन्त्री राठौरले नेपाली काँग्रेस पार्टी प्रवेश गर्नेहरुलाई अविर तथा खादा ओढाई स्वागत गर्नु भएको छ ।

तपाइको मत