fbpx

खाता समन्वय समिति बर्दियामा गुरुङको प्यानल निर्वाचित

खाता समन्वय समिति बर्दियामा गुरुङको प्यानल निर्वाचित


चुरेकुञ्ज, मधुवन । खाता सामुदायिक वन समन्वय समिती मधुवन नगरपालिका वार्ड नम्वर ३ बर्दियाको निर्वाचनमा अध्यक्ष हरि गुरुङको प्यानल बिजयी भएको छ । भारतको कर्तनियाघाट वनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्ग अन्र्तगतका सामुदायिक बनहरुको साझा समन्वय समितीमा गुरुङको प्यानल विजयी भएको हो ।

कुल ८४ मतदाता रहेको समितिको अध्यक्ष पदमा निर्वाचित गुरुङले ५० मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्ष पदका प्रतिस्पर्धी राजेन्द्र प्रसाद चौधरीले ३४ मत प्राप्त गरे । निर्वाचनमा सबै मत सदर खसेको थियो । संरक्षण क्षेत्रमा कामगर्दै आएका गुरुङ नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति बर्दियाका सदस्य तथा नेपाल कागज डट कमका संवाददाता हुन् । १५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा दुईवटा प्यानलले सबै पदहरुमा प्रतिस्पर्धा गरेका थिए ।

समितिको उपाध्यक्षमा भदै थारु, सचिव कुलबहादुर बुढामगर, कोषाध्यक्ष हरिकला भाट क्षेत्री, सह–सचिव मंगल थारु विजयी भएका छन् । सदस्यहरुमा राम प्यारी थारु, दुखराम चौधरी, जितलाल पाण्डे, इन्द्र बहादुर सापकोटा, टेकुराम थारु, भुपाल प्रसाद न्यौपाने, शिला नेपाली, सन्तराम थारु, मञ्जु नेपाली, खुसमानी थरुनी निर्वाचित भएको नव र्निवाचित अध्यक्ष गुरुङले जानकारी दिए ।

तपाइको मत