समुदायको सुचनाको रखवारीगर्दै चुरेकुञ्ज मिडिया : विपन्न तिन जनालाई सुरक्षित आवास निर्माण गर्नेे अध्यक्ष पाण्डेद्वारा उद्घोष
- शुक्रबार पौष १६ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाबाट एक दशकअघि प्रकाशन शुरु गरेको चुरेकुञ्ज मिडियाले समुदायको रखवारी गरेको चुरेकुञ्जका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) ले बताएका छन् । अध्यक्ष पाण्डेको ४७ औं जन्मदिनको अवसरमा चुरेकुञ्ज मिडियाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विपन्न समुदायका तिन जनालाई सुरक्षित आवास समेत निर्माण गरिदिने घोषणा गरेका छन् ।
छापा प्रकाशन शुरु गरेको १० बर्षको अवधिमा चुरेकुञ्ज मिडियाले चुरेकुञ्ज साप्ताहिक, चुरेकुञ्ज डटकम अनलाईन, शोधपत्र दैनिक लगायतका समाचार मुलक माध्यमहरु संचालनगर्दै आएको छ । समयको परिवर्तनसँगै आगामी दिनहरुमा जिल्लामा सुचनाको प्रवाहलाई छरप्रष्ट पार्न मिडियालाई थप प्रभावकारी बनाईने बताए । जन्मदिनको अवसरमा चुरेकुञ्ज परिवारले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिंदै पाण्डेले स्थानिय मिडिया संचालनमा थुप्रै चुनौती रहेको औल्याए ।
जिल्लामा उद्योगधन्दा कलकारखाना नभएका कारण स्थानिय मिडियाहरुले विज्ञापनमा अवसर नपाएको उनको भनाई छ । जिल्लामा अब्बलबन्दै बामेसर्न लागेको चुरेकुञ्जलाई सक्दो विज्ञापनहरु उपलब्ध गराएर सहयोग गर्न उनले आग्रह गरेका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष तथा पाण्डे ईंटा उद्योगका संचालक समेत रहेका पाण्डेले सामाजिक उत्तरदायित्व अन्र्तगत जन्मदिनको अवसरमा प्रत्येक बर्ष अतिविपन्न परिवारलाई सुरक्षित आवास निर्माण गरिदिने घोषणा गर्दै आफूहरुको अभियानमा सबैले सहयोग गर्न अनुरोध गरेका छन् ।
निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष एवम् चुरेकुञ्वका सल्लाहकार भेषराज पौडेल (भरत) ले जिल्लामा स्थानिय संचार विकासमा चुरेकुञ्जले खेलेको भुमिका प्रति सरह्ना गरे । वरिष्ठ एवम् वुद्धिजिवी समुहहरुको टीम रहेको चुरेकुञ्ज मिडियाको प्रभाव र विश्वसनियता बढ्दै गएको बताए । छापा मिडियाको बिकासका लागि आफूले सधै सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष पौडेलले ब्यक्तगरे ।
चुरेकुञ्जका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद गौतम्ले थुप्रै चुनौतीका विच चुरेकुञ्जले उतार चढावगर्दै आजको स्थितीमा पुगेको स्मरण गराए । स्थानिय पत्रपत्रिकालाई सबैले मायाँ गर्नुपर्ने बताउँदै विज्ञापनबाट नै ब्यवसाय फस्टाउने भएकाले सबैलाई विज्ञापनमा लगानी गर्नका लागि जागरुक हुनुपर्ने तर्फ सुझाए । चुरेकुञ्जलाई सबैको मायाँ र साथ मिलेको उनको भनाई छ ।
चुरेकुञ्ज मिडियाका सदस्य एवम् गुलरिया नगरपालिका वडा नम्वर ६ का सदस्य शुधांसुप्रकाश शर्माले अध्यक्ष पाण्डेको जन्मदिनमा शुभकामना दिँदै चुरेकुञ्जको प्रगतिको कामना गरे । चुरेकुञ्जका प्रधान सम्पादक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद वस्याल (राकेश) ले चुरेकुञ्जको संरक्षण, सन्तुलित र विस्वसनिय समाचार अभियानको लक्ष्यबारे प्रकाशपार्दै आगामी दिनका चुरेकुञ्जका प्रकाशनहरुलाई थप शसक्तपार्दै लगिने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले स्थनिय मिडियालाई अपनत्व ग्रहण गर्न स्थानिय सरकारलाई अनुरोध गरेका छन् । स्थानियतहले पालिकाहरुका विज्ञापनहरु जिल्लाकै पत्रपत्रिकाहरुमा प्रकाशन गरी स्थानिय मिडियाको प्रर्बद्धनमा सहयोग गर्न आग्रह गरेका छन् । हाम्रोभावना दैनिकका सम्पादक मेघराज सिग्देलले स्थानिय पत्रिकाको पिडात्मक मर्म बताउँदै स्थानिय पत्रपत्रिका उत्थानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
हिमालय टाईम्स दैनिकका संवाददाता एवम् बर्दिया खोजतलास साप्ताहिकका सम्पादक दिपक शर्माले स्थानिय मिडियाको अवस्था चिन्ताजनक रहेकाले बर्दियाबासीहरुले सोच्नुपर्ने औल्याए । स्थानिय पत्रपत्रिकालाई निरन्तरता दिई टिकाई राख्न कठिनाई पर्ने गरेको उनको भनाई छ । एभीन्युज टेलिभिजनका संवाददाता एवम् शोधपत्र दैनिकका संचालक दुर्गा आचार्य, चुरेकुञ्ज डटकमका संवाददाता विष्णु अधिकारी लगायतका सहभागीहरुले पाण्डेलाई शुभकामनादिँदै मिडियाको सफलताको कामना गरे ।
नागरिक दैनिकका संवाददाता एवम् फरक समाचारका सम्पादक निर्मल घिमिरेले कार्यक्रम संचालनगर्दै चुरेकुञ्ज मिडियाका अध्यक्ष पाण्डेलाई जन्मदिनको अवसरमा भुगोल शुभकामना दिएका छन् । उनले स्थानिय मिडिया प्रर्बद्धनमा युवा उद्यमीको आगमनले हर्षित तुल्याएको बताए ।