fbpx

शासन व्यवस्था जे भएपनि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ

शासन व्यवस्था जे भएपनि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ


मुरली गोडिया, गुलरिया । हिन्दु स्वयं सेवक संघ नेपालले हिन्दु राष्ट्र कायम हुने पर्नेमा जोड दिएको छ । आफनो जागरण अभियान मार्फत देशमा शासन व्यवस्था जुनसुकै भएपनि नेपाल हिन्दु राष्ट्र कायम हुनु पर्ने सन्देशगर्दै देशव्यापी जागरण अभियान संचालन गरेको छ ।

हिन्दु स्वयंम सेवक संघ नेपालले हिन्दुराष्ट्रको मागलाई थप बलियो बनाउन देशव्यापी रुपमा जागरण अभियान संचालन गरेको ओम केदारेश्वर धाम बाँसगढीका परिकल्पनाकार लिलाधर शर्माले बताए । हिन्दु धर्म प्रति आस्थावान ब्यक्ति, धार्मिक संघसस्था लगायत हिन्दु धार्मिक अगुवाहरुको जमघट गराई नेपाल हिन्दु राष्ट्र कामय हुनु पर्नेमा उनको जोड छ । छरिएर रहेका सवै किसीमका ओमकार परिवारहरु एकजुट हुनु पर्ने औंल्याउँदै नेपालमा शासकिय स्वरुप सहितको हिन्दु राष्ट्रको मान्यता दिई धर्मलाई राजनितीले मार्ग निर्देशन गर्ने किसिमको अवधारणको आवश्यकता रहेको उनको भनाई छ ।

बर्दियामा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान मार्पmत पालिका स्तरिय प्रशिक्षणमा जिल्लाका ८ ओटै पालिकाबाट करिब २ सय ५० भन्दा बढी नागरिकहरुले सहभागीता जनाएका थिए । सवै धार्मिक संघ संगठनहरुको मुल्य मान्यता एउटै भएपनि एक आपसबीच छुट्टिइ धर्मका नाममा विभिन्न संगठन निर्माण गरिएको अवस्था रहेको हिन्दु स्वयंसेवक संघ नेपाल नेपालगञ्ज सम्वाहक राजेन्द्रकुमार यादवले बताए । नेपाली जनताको चाहना विपरित राष्ट्रलाई धर्म निरपेक्ष बनाइएको भन्दै पुनः हिन्दु राष्ट्र कायम गराउन देशव्यापी जागरण थालिएको उनको भनाई छ ।

यादवका अनुसार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान देशको ४० जिल्लामा संचालन भैरहेको छ । हिन्दु राष्ट्र हुनु पर्ने माग विशुद्ध एक सांस्कृतिक माग हो । देशमा शासन व्यवस्था जुन सुकै ल्याए पनि नेपाली जनताको चाहना अनुरुप हिन्दु राष्ट्र हुनपर्नेमा जोडदिँदै अभियान निरन्तर अगाडी बढ्ने प्रष्ट्याए । नेपाल हिन्दु राष्ट्र हुनु विश्वमै गौरवको विषय बन्ने हिन्दु स्वयंसेवक संघका सहसंचालक कल्याण कुमार तिमिल्सिनाले प्रष्ट्याए । हिन्दु राष्ट्र कायम भए विभिन्न स्थानमा ओमशान्ति, जयगुरुदेव, गायत्री परिवार लगायत विभिन्न संघ संगठनमा लागेका नागरिकहरु बीच एकरुपता आउने र विश्वमा हिन्दुत्वको गौरव तथा पहिचान झल्किेन उनको भनाई छ ।

तपाइको मत