बाँसगढीमा पाँचौ ब्यापार मेला तथा माघी महोत्सव गरिँदै
- बुधबार पौष १४ , २०७८
अनोज थारु, बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिकामा पाँचौ बाँसगढी औधोगिक, कृषि, पर्यटन, ब्यापार मेला तथा बर्दिया माघी महोत्सव पुस २९ गते देखि माघ ९ गते सम्म सन्चालन हुने भएको छ । कृषि, पर्यटन, ब्यापार तथा संस्कृतिको पहिचान, बिकास र समद्धिमा हामी सबैको अभियान भन्ने मुल नाराका साथ पाँचौ बाँसगढी महोत्सव सन्चालन हुन लागेको बाँसगढी उद्योग बाणिज्य संघले जनाएको छ ।
स्थानीय कृषि, पर्यटन, उद्योग र ब्यापार तथा कला संस्कृतिको पहिचान बिकास र सम्बृद्धिमा पहुँच प¥याउने उद्देश्यले मेलाको आयोजना गरेको महोत्सव मुल समितिका संयोजक तथा बाँसगढी उद्योग बणिज्य संघका अध्यक्ष राम सिंह थारुले बताउनु भयो । बर्दियामा कृषि, उद्योग र पर्यटनलाई मात्रै सुधार गर्न सक्ने हो भने यहाँका जनताहरुको आर्थिक स्तर बढ्ने थारुको भनाई छ ।
मेला महोत्सवबाट अनुमानित ८० देखि ८५ लाख सम्मको कारोबार हुने र करिव ७० लाख सम्म खर्च हुन सक्ने आयोजकको अनुमान छ । महोत्सवबाट करिव १५ देखि २० लाख बचत हुने अपेक्षा गरिएको अध्यक्ष थारुले बताउनु भएको छ । बाँसगढी उद्योग बणिज्य संघले चार पटक मेला लगाएर बाँसगढीको प्रचार प्रसार लगायत ब्यापार ब्यवासाय, थारु कला संस्कृति र परिकारको प्रर्बद्धनमा पहुँच बढाएको विस्वास गरिएको बाँसगढी उद्योग बणिज्य संघका बरिष्ठ उपाध्यक्ष बद्रि बरालले बताउनु भयो ।
एउटा झोलामा सिमित रहेको बाँसगढी उद्योग बणिज्य संघ मेला महोत्सव बाटै भएको आमदानीबाट दुई तलाको भवन बनाउन सफल भएको बरिष्ठ बरालको भनाई छ । बर्दियामा रहेका पर्यटकिय गन्तब्यहरुको प्रचार प्रसार हुनेमा आफूहरु आशावादी रहेको बाँसगढी उद्योग बणिज्य संघका महासचिव युगपति पौडेलले बताउनु भयो । मेलाको रेडियो, टिभि, अनलाई, फेसबुक, टिकटक र गाँउ गाँउमा अटोबाट प्रचार प्रसार मार्फत तीब्र पारिने प्रचार प्रसार उपसमितिका संयोजक एकनारायण अधिकारीले बताउनु भयो । प्रचार प्रसार उपसमितिका संयोजक अधिकारीले सम्मेलनगर्दै स्थानिय पत्रकारहरु मार्फत कार्यक्रमको बारेमा जानकारी गराउनु भएको छ ।