चित्तलको मासु सहित ३ जना निकुञ्जको नियन्त्रणमा
- बुधबार पौष १४ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रमा चित्तलको आलो मासु सहित ३ जनालाई पक्राउ गरेको छ ।
ठाकुरबाबा नगरपालिका वार्ड नं २ निवासि वर्ष ४६ को बल्लुराम थारु, ३९ वर्षीय लाल बहादुर चौधरी र ३७ वर्षीय राजाराम थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो ।
निकुञ्जको बलाती कोरिडोर क्षेत्रमा चित्तलको शिकार गरी टुक्राउदै गरेको अवस्थामा पक्राउ गरिएको उहाँको भनाई छ । पक्राउ गरिएका व्यक्तिलाई घटनाको थप अनुसन्धान र आवश्यक कारबाही प्रकृया अघि बढाएको अधिकृत श्रेष्ठले बताउनु भयो ।