fbpx

पिताको स्मृतिमा पत्रकार श्रेष्ठले विपन्नलाई बाँडे न्यानो सिरक

पिताको स्मृतिमा पत्रकार श्रेष्ठले विपन्नलाई बाँडे न्यानो सिरक


चुरेकुञ्ज, गुलरिया । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बर्दियाका सदस्य एवम् माउन्टेन टेलिभिजन बर्दिया संवाददाता दीपकलाल श्रेष्ठले आफ्ना पिताको स्मृतिमा विपन्न समुदायलाई न्यानो सिरक वितरण गरेका छन् । स्वर्गिय पिता मानलाल श्रेष्ठको सम्झनामा ठाकुरबाबा नगरपालिका ढुँग्रहवा ५ का विपन्नलाई जाडोमा न्यानो सिरक वितरण गरेका हुन् ।

पिताको नाममा प्रस्तावित स्वर्गिय मानलाल श्रेष्ठ फाउण्डेशन मार्फत न्यानो सिरक वितरण गरिएको फाउण्डेशनले जनाएको छ । पत्रकार श्रेष्ठका पिताको पौषकृष्ण द्वादशी तिथी श्राद्धको पूर्व सन्ध्यामा न्यानो कपडा वितरण गरेका हुन् । सादा जीवन उच्च सदाचारका प्रर्यायवाची स्वर्गिय श्रेष्ठ गाउँ पञ्चायतका तत्कालिन प्रधानपञ्च हुन् ।

तपाइको मत