fbpx

मान्छे–मान्छे बिचको विभेद अपराध हो : पुर्वराज्य मन्त्री वि.क.

मान्छे–मान्छे बिचको विभेद अपराध हो : पुर्वराज्य मन्त्री वि.क.


मुरली गोडिया, गुलरिया । मानिसका बिच विभेद् गर्नु मानवीय अपराध भएको पूर्व राज्य मन्त्रीले बताएकी छिन् । पुर्ब बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला बि.कले २१ औं शताब्दीमा मान्छे मान्छे विच विभेद् हुनु मानविय अपराध भएको बताएकी हुन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४ औं स्थापना दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । जातीय विभेदको अन्त्यका लागि सवै क्षेत्रका सचेत वर्ग एकभई लाग्नु पर्ने वि.कको जोड छ । दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक वर्ष देशैभर स्थापना दिवश मनाउदै आएको छ ।

शुभकामना मन्तब्य दिंदै नेकपा एमालेकी केन्द्रिय सदस्य शोभा ज्ञवालीले उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी एमाले हरेक क्षेत्रवाट संघर्ष गर्दै आएको वताउँदै ज्ञवालीले सदैव जातीय विभेदको विरोधमा लागि परेको जिकिर गरिन् । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भक्त बहादुर बि.कले नेपाल उत्पीडित जातिय मुक्ति समाजले हरेक वार्ड स्तरमा १ जना महिला सदस्य अनिवार्य राख्ने ब्यवस्था गरेकाले न्यायको लागी एकजुट हुन आग्रह गरे ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष भुपेन्द्र सेरालाले कार्यक्रममा बोल्दै अगामी दिनमा नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटीमा आउने पदाधिकारी मध्ये १ जना पदाधिकारी दलित समुदाय बाट अनिवार्य रुपमा राख्नु पर्ने माग समेत गरेका छन् ।

तपाइको मत