गुलरिया नगरपालिका ६ नम्वर वडाका अध्यक्ष शर्मा सम्मानित
- शुक्रबार पौष ९ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष निरजकुमार शर्मालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको नागरिक सहयता कक्ष निर्माणमा उल्लेखनिय योगदान गरेकोभन्दै शर्मालाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।
भवन निर्माण कार्यमा प्रभावकारी सक्रियता निर्वाह गर्ने प्रहरी नायव निरिक्षक धनबहादुर केसीलाई प्रशंसा पत्र र नगद सहित सम्मान प्रदान गरिएको छ । वडा अध्यक्ष शर्माले जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसर भित्र नव निर्मित नागरिक सहायता कक्ष निर्माणमा पुर्याएको योगदान र सहकार्यको उच्च सम्मानगर्दै सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।
भवन निर्माणमा सक्रियता निभाउने प्रहरी कर्मचारीलाई पनि सम्मान गरेका छौ । गुलरिया नगरपालिका वडा नम्वर ६ कार्यालयले चालु आर्थिक बर्षसहित तिन वटा आर्थिक बर्ष गरी प्रहरी कार्यालयलाई १६ लाख ६८ हजार ६८७ रुपैया सहयोग उपलब्ध गराएको एसपी कार्कीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले शर्मालाई प्रशंसा पत्र हस्तान्तरण गरेका छन् ।