बलियो स्थितिमा इङ्ल्यान्ड
- बुधबार माघ २८ , २०७७
इङल्यान्ड । इङल्यान्डविरुद्ध पहिलो टेस्टमा जितका लागि ४ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली भारतले ओपनर रोहित शर्मालाई सस्तोमा गुमाएको छ ।
स्पिनर रविचन्द्रन आश्विनले दोस्रो इनिङमा ६ विकेट लिएपछि इङ्ल्यान्ड १ सय ७८ रनमा अलआउट भएको थियो। सोमबार चौथो दिनको खेल समाप्तिमा भारत ३९–१ को स्थितिमा छ । भारतलाई जितका लागि अझै ३ सय ३१ रनको आवश्यकता छ। भारतका ओपनर सुभमन गिल १५ रन र चेतेश्वर पुजारा १२ रनमा क्रिजमा छन्। पुजाराले २३ बलमा एक चौका प्रहार गर्दा गिलले ३५ बलमा तीन चौका हिर्काए ।
२५ रन जोड्ने क्रममा भारतले ओपनर शर्मालाई गुमाएको थियो । शर्मा १२ रनमा ज्याक लिचद्वारा बोल्ड भए। यस अघि वासिङ्टन सुन्दरले अविजित ८५ रन जोडे पनि भारतलाई फलोअनबाट भने जोगाउन सकेनन् । पहिलो इनिङमा ३ सय ३७ रन जोडेको भारत फलोअन टार्न ४२ रनले चुकेको थियो। सुन्दरले १ सय ३८ बलमा १२ चौका र २ छक्का प्रहार गरे। यद्यपि, फलोअनमा परे पनि इङ्ल्यान्डले भारतलाई दोस्रो इनिङमा ब्याटिङको निम्तो दिएन ।
भारत ३ सय ३७ रनमा अलआउट भएपछि इङ्ल्यान्डले पहिलो इनिङमा २ सय ४१ रनको अग्रता लिएको थियो । इङ्ल्यान्डले पहिलो इनिङमा ५ सय ७८ रन बनाएको थियो। सोमबारै आफ्नो दोस्रो इनिङ सुरु गरेको इङ्ल्यान्ड रविचन्द्रन आश्विनसामु निरिह देखिँदा १ सय ७८ रनमै अलआउट भयो। दोस्रो इनिङमा इङ्ल्यान्डका कप्तान जोए रुटले सर्वाधिक ४० रन जोडे। रुटले ३२ बलमा सात चौका प्रहार गरे । भारतका आश्विनले १७.३ ओभरमा ६१ रन खर्चदै ६ विकेट लिएका थिए। त्यस्तै नादिमले दुई तथा ईशान्त शर्मा र जसप्रीत बुमराहले समान १, १ विकेट लिए ।