fbpx

स्थानीय सरकार र पारालिगल समुहबिच समन्वय आवस्यक

स्थानीय सरकार र पारालिगल समुहबिच समन्वय आवस्यक


यज्ञप्रसाद सापकोटा, गुलरिया । दलित महिला उत्थान संघ बर्दियाको आयोजनामा बर्दियाको गुलरियामा स्थानीय सरकार र महिला अधिकारकर्मी पारालिगल समुहविच कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गोष्ठिले पारालिगल समुह र स्थानीय सरकार विच समन्वय हुनुपर्ने निश्कर्ष निकालेको छ ।

दुईदिने गोष्ठिमा कानुनी स्वयंसेवीका महिलाहरुको समुह पारालिगल समुहको काम कर्तव्य अधिकारको बारेमा जानकारी गराईएको थियो । पारालिगल समुहले समुदायमा देखापरेका लैंङ्गिक हिंसा, बालविवाह, बहुविवाह, जबरजस्ती करणीका पीडितहरुलाई कानुनी उपचारका लागि सहजीकरण गरीदिने काम गरीरहेका छन् । उनीहरुले सामान्य तथा मेलमिलाप गर्न सकिने घटनाहरुलाई सामाजिक न्याय हुनेगरी मिलाउने र फौजदारी जस्ता अपराधका पीडितहरुलाई प्रहरी र अदालत सम्म पुग्नका लागि सहज बनाइदिने गर्दछन् ।

दलित महिला उत्थान संघ बर्दियाले मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा पारालिगल समुह गठन गरी अभियान सञ्चालन गरीरहेको जनाएको छ । गोष्ठिको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं पुर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री विमला वि.क.ले महिला अधिकारकर्मीहरुले पहुँच नभएका पीडितहरुलाई न्यायको ढोका सम्म पुर्याउने काम पारालिगल समुहले गरेको बताउनु भयो ।

महिला कानुनी स्वयम्सेवीकाको नाम दिँदै पारालिगल समुहलाई अधिकार र मान्यता प्राप्त बनाउने प्रयास भईरहेको बताउनु भयो । स्थानीय सरकारले पारालिगल समुहको कामलाई मान्यता दिनुपर्ने उहाँको भनाई छ । मधुवन नगरपालिकाका नगरप्रमुख एवं विशिष्ट अतिथी गणेशबहादुर क्षेत्रीले पारालिगल समुहले महिलाहरुको अधिकारको लागि र समुदायमा सचेतना फैलाउनका लागि महत्वपुर्ण भुमिका खेलेको बताउँदै सहकार्य गरेर अगाडी बढ्न तयार भएको बताउनु भयो ।

दलित महिला उत्थान संघकी अध्यक्ष खिमा वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता केशव जिसीले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संघकी कार्यक्रम संयोजक विष्णु नेपालीले गर्नुभएको थियो । कार्यक्रममा तिन ओटा पालिकाका पारालिगल समुहका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थीती रहेको थियो ।

तपाइको मत