fbpx

बर्दियाका दर्जन विद्यालयहरुमा बालबालिका लक्षित परियोजना

बर्दियाका दर्जन विद्यालयहरुमा बालबालिका लक्षित परियोजना


विष्णु अधिकारी, गुलरिया । बर्दियाका १२ वटा विद्यालयहरुमा बालवालिका लक्षित परियोजना संचालनमा छन् । प्लान इन्टरनेशनल नेपाल तथा गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा विद्यालयहरुमा बाल बालिकालाई लक्षितगर्दै स्वास्थ्य परियोजनाहरु संचालन गरिएको छ ।

परियोजना सल्लाहकार समितिको बैठकमा सरोकारवाला निकायलाई प्लान ईन्टरनेशनल नेपालले परियोजना सम्वन्धी जानकारी दिएको छ । सरकारको आर्थिक वर्षलाई आत्मसाथ गरि कार्यक्रम सुरु हुने तथा सरकारसँगको समन्वय, निति र नियममा काम गर्ने गरेको प्लान नेपालका क्षेत्रिय प्रमुख मिना पराजुलीले बताईन ।

बर्दियाका १२ वटा विद्यालय छनौट गरि बालबालिका तथा अपाङ्ग मैत्री शौचालय निर्माण तथा पुननिर्माणको काम भैरहेको उनले जानकारी दिईन् । पराजुलीले बालिकाहरु महिनावारी हुँदा विद्यालय नजाने तथा गएपनि स्वास्थ्य समस्याका कारण स्कुलबाट चाडै घर फर्कने हुँदा पढाई छुट्ने कारणले विद्यालयमा नै महिनावारी हुँदा आराम गर्ने कक्ष र प्याड उपलब्ध भएपछिस्कुल आउने क्रम बढेको उनको भनाई छ ।
संस्थाले किशोर किशोरीहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धि छलफलका लागि कम्प्युटर ल्याब सहितको अध्ययन सामाग्रीहरु उपलब्ध गराएको छ । सबै किशोरी र युवा महिलाले स्वतन्त्रतापुर्वक आफ्नो अधिकारको उपयोग गर्न पाउने समावेशी, न्यायपुर्ण र सुरक्षित समाज निर्माणका लागि प्लान इन्टरनेशनलले परियोजना संचालन गरिरहको जानकारी दिईएको छ ।

विद्यालयमा संचालित किशोर किशोरीमैत्री कक्षामा विद्यार्थीहरुका विच किशोर अवस्था र यो उमेरमा कस्ता कुराहरुबाट सचेत रहने तथा यौन रोग सर्ने विषयमा एक आपसमा सकारात्मका र नकारात्मक परिणामहरुका बारेमा जानकारी पाएको विद्यार्थीहरुले बताएका छन् । जिल्ला समन्वय समितिका सभापति शंकर प्रसाद थारुले सबै प्रकारको विविधतामा रहेका किशोर किशोरी तथा युवा महिलाको एकाकार गरि समान र सक्रिय भुमिकामा काम गरिरहेकोमा खुशी व्यक्त गरेका छन् ।

नेपाल सरकारले लिएको लक्ष्यलाई पुरा गर्न सबै संघ संस्था तथा सरोकारवाला निकायहरुले हातेमालो गरेमा मात्र लक्ष्य पुरा हुने भएकाले सबैको योगदान अपरिहार्य रहेको बताए । प्रमुख थारुले विद्यालयमा बालबालिकालाई कसरी टिकाउन सकिन्छ र विद्यार्थीहरुले विद्यालयमा पढ्ने वातावरण भयो भने छिटो विवाह गर्दा स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने ज्ञान प्राप्त हुने भएकाले उमेर पुगेपछि मात्र विवाह गर्न प्रेरित भई सरकारले लिएको लक्ष्य पुरा हुन सहज हुने कुरामा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बालबालिका तथा महिला लक्षित कार्यक्रमबाट भोलीको सभ्य, असल समाज निर्माणका यस्तो कार्यक्रम कोसे ढुङ्गा सावित हुने बताएका छन् । प्रजिअ सुनारले विद्यालयमा संचालन हुने कार्यक्रमले भोलीका कर्णधारहरुको जिवनमा सकारात्मक संकेत छोड्ने भएकाले कार्यक्रमलाई दिगो बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा विद्यालयमा नवनिर्मित शौचालय प्रयोग पछिको स्वच्छताका विषयमा विद्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई नै झकझकाउनु पर्ने कुरालाई सहभागिहरुले कुरा उठाएका थिए । कार्यक्रममा परियोजना सकिएपछि बनेका संरचनालाई कसरी दिथो बनाउने भन्ने विषयमा सहभागिहरुले चिन्ता व्यक्त गरी सरोकारवाला निकायलाई झकझकाएका छन् ।

प्लान इन्टरनेशनल नेपालले विभिन्न साझेदारी संस्थाहरुसँग बालबालिकाहरुको सपना परियोजना, बाल संरक्षण, सिकाई परियोजना, बाल विवाह, छिटो हुने विवाह तथा जबरजस्ती गरिने विवाह रोक्ने लगाएतका अन्य कार्यक्रम संचालन गरिरहेको प्लान नेपालले जानकारी दिएको छ । कार्यक्रमबाट बर्दिया जिल्लाका ७ हजार ६ सय ४० जना बालबालिका लाभान्वित भएको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रममा परियोजना संचालन गरिरहेका संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला सरकारी निकाय तथा गैर सरकारी निकायहरुको उपस्थिती रहेको थियो ।

तपाइको मत