fbpx

स्थानिय स्तरमा आर्थिक उपार्जन गर्न सके सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने : राजापुर नगरप्रमुख चौधरी

स्थानिय स्तरमा आर्थिक उपार्जन गर्न सके सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने : राजापुर नगरप्रमुख चौधरी


मिन अधिकारी, राजापुर । राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले सहकारी मार्फत स्थानिय स्तरमा आर्थिक उपार्जन गर्न सके मात्रै सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सकिने बताउनु भएको छ । राजापुर नगरपालिका वडा नं ५ मा रहेको बसन्त साना किसान सहकारी सँस्था लिमिटेडले सातौ बार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख चौधरीले यस्तो बताउनु भएको हो ।

सहकारीहरुले इमान्दारीता पूर्वक काम गर्न सके नगरपालिका सहयोग गर्न तत्पर रहेको प्रमुख चौधरीको भनाई थियो । कार्यक्रममा बोल्दै सहकारी संघका केन्द्रिय सदस्य पूर्ण चन्द्र शर्माले सँस्थाको प्रगति देखेरे हौसिएको भन्दै आवश्यक परेमा जनही १७ लाख रुपैया ऋण सहयोग गर्न सहकारी संघ तयार रहेको बताउनु भयो । उहाले भन्नुभयो “तपाईहरु व्यवशायका लागी केही गर्न चाहनुु हुन्छ । हामी निःशुल्क तालिम दिन्छौ ।”

सहकारी सँस्थामा रहेका सदस्यहरु कर्जा व्याज मुनाफा सबैको मालिक भएकाले सदस्य शर्माले अन्य बित्तीय सँस्थाहरुमा भन्दा सहकारीमा एक ढिक्का भएर लाग्न सुझाउनु भयो । किसान र व्यवशायी भनेको नङ र मासुको जस्तै सम्वन्ध भएकाले किसान हरुको बदनाम गर्न खोजिएकामा कोही झुक्कीन नहुने बर्दिया उद्योग बाणिज्य संधका अध्यक्ष कृष्ण कुमार रेग्मीले बताउनु भयो । अन्य बित्तीय सँस्थाले लगानि गरेको रकमको व्याज तपाइहरुले पाउनु हुन्छ र प्रति प्रश्न गर्दै दिदी वहीनि सहकारी सँस्थाका अध्यक्ष साबित्री पुरीले सहकारीवाट लिएको ऋणलाई सदुपयोग गर्न सुझाउनु भयो ।

राजापुर नगरपालिका वडा नं ५ मा रहेको बसन्त साना किसान सहकारी सँस्था लिमिटेडले स्थापना भएको ७ बर्षमा झण्डै १९ करोड बढीको कारोवारो गरेको छ । १ सय ४७ समुह भित्रका कुल ८ सय १४ सदस्यहरु माझ सकृय सहकारी सँस्थाले आर्थिक बर्ष ०७८/०७९ को मद्य सम्ममा १९ करोड ३६ लाख ५९ हजार रुपैया कुल सम्पती भएको जनाएको छ । सातौ बार्षिक साधारण सभामा आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सँस्थाका अध्यक्ष प्रतिमा चौधरीले आर्थिक बर्ष ०७७/०७८ मा भाका नागेको र पाउनुपर्ने व्याज सुन्यमा झारेको बताउनुभयो ।

बिभिन्न १२ प्रकारका बचतहरु मार्फत मौज्दात रकम संकलन गरिरहेको सँस्थाले रसायानीक मल, उन्नत बिउ बितरण, पशु सुरक्षण कार्यक्रम आइएमई रेमिट सेवा, सामाजिक कार्यहरु, कृषी प्रशिक्षार्थी तालिम, अन्तर सँस्थान अवलोकन भ्रमण लगायतका कार्यक्रम समेतगर्दै आइरहेको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ हजार ३ सदस्य संख्या पु¥याउने लक्ष्य राखेको सँस्थाले २३ करोड रुपैया लगानी गर्ने प्रस्ताव ल्याएको छ भने यस आवमा २ करोड ९४ लाख ३८ हजार ४ सय रुपैया आम्दानी गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक बर्षमा सँस्थाले अन्तर सँस्थान भ्रमण, अन्तर समुह गोष्ठी, अनिवार्य पशुबिमा सदस्यहरुलाई बिभिन्न तालिम लगायतका कार्यहरु प्रतावित गरेको बसन्त सानाकिसान सहकारी सँस्थाले व्यवशाय गर्ने सदस्यहरुलाई अधिकतम १५ लाख रुपैया ऋण लगानी गर्ने जनाएको छ । यसै आर्थिक बर्षमा सहकारिका नाममा रहेको १३ कठ्ठा १० धुर जग्गा जोड्नुका साथै यसै आवमा भवन निमार्ण सम्पन्न गर्ने जनाएको छ । साथै भवन निमार्णकालागी वडा नं ५ कार्यालयले ५ लाख रुपैया समेत सहयोग गरेको छ ।

९ प्रतिषत व्याज दरमा ऋण सहुलियत दिइरहेको सँस्थाका अध्यक्ष प्रतिमा चौधरीले बताउनु भएको हो । बसन्त साना किसान सहकारी सँस्थाका अध्यक्ष प्रमिता चौधरीको अध्यक्षतामा आयोजित साधारण सभामा राजापुर नगरपालिका वडा नं ५ का अध्यक्ष राम वहादुर चौधरी, कर्णाली बिकास बैंक प्रबन्ध कृष्ण.बोहोरा इलाका प्रहरी कार्यलयका प्रतिनीधि, स्थानिय समाजसेबी बिभिन्न सहकारी सँस्थाका प्रतिनीधी संचारकर्मी सँस्थाका सदस्यहरु सहभागि थिए । कार्यक्रमको संचालन सँस्थाका प्रबन्धक माया बोहोरा क्षेत्रीले गर्नुभएको थियो ।

तपाइको मत