fbpx

बढैयातालमा कमैया महिलाले गरेको कार्यक्रमको अनुगमन

बढैयातालमा कमैया महिलाले गरेको कार्यक्रमको अनुगमन


अनोज थारु, बढैयाताल । कमैयामहिला जागरण समाजद्वारा संचालित कार्यक्रमको अनुगमन गरिएको छ । बढैयाताल गाँउपालिका वडा नं ४ मा रहेको जनमुखी प्राथमिक विद्यालय रामनगरको सामुदायिक शिशु स्याहार केन्द्र, गड्यौली मल उत्पादन, भगवती टेलर्स, कृषिखति र वडा नं ५ मा रहेको सरस्वती माध्यमिक बिद्यालय जगतियामा अनुगमन गरीएको छ ।

कमैया महिला जागरण समाज नेपालद्धारा काम गरेको गतिबिधि बारे पालिका स्तरीय अनुगमन गरीएको हो । संस्थाले गाँउपालिकामा बिगत २ बर्ष देखि शिक्षा, स्वास्थ्य, महिला जिविकोपर्जन र बिपद् ब्यवस्थापन संम्बन्धी कामगर्दै आइरहेको छ । संस्थाले गरेको काम प्रभावकारी भयो भएन भन्ने उद्देश्यले पालिका स्तरीय अनुगमन गरीएको बताईएको छ । अनुगमनको क्रममा पालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले संस्थाले गरेको काम एकदमै प्रभावकारी रहेको बताउनु भयो ।

त्यसैगरी संस्था मार्फत भैरहेको कामले नागरीकहरुलाई काम गर्न उत्साहित बनाएको छ । तर संस्थाको आर्थिक सहयोग संगसंगै पालिकाको पनि आर्थिक सहयोगको नागरीकहरुले अपेक्षा गरेको उपाध्यक्ष गौतमको भनाई छ । नागरीकहरुको अपेक्षा अनुसार स्थानीय तहको श्रोत साधन र आर्थिक रुपमा भ्याय सम्म किसानहरुलाई सफल बनाउनको लागि निति तथा कार्यक्रम बनाएर जाने उहाँको प्रतिवद्धता छ ।

कमैया महिला जागरण समाज संस्थाले बिद्यालयहरुलाई क्मप्युटर, प्रोजेक्टर, फिल्टर शुद्ध खानेपानीको ब्यवस्था, पुस्तकलयको ब्यवस्था, छात्राहरुलाई सेनेटरी प्याड, आराम गर्ने बेडको समेत ब्यवस्था गरेको छ । त्यसैगरी सौचालय निर्माण तथा मर्मत पनि गरेको संस्थाका समाजिक परिचालक उषा चौधरीले बताउनु भयो । अनुगमन कार्यक्रममा बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, वडा नं ४ र ५ का वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो । अनुगमन पश्चात वडा नं ६ मा समिक्षा गरीएको थियो ।

तपाइको मत