fbpx

मधुवनका विद्यार्थीलाई यौन तथा प्रजनन बारे स्वास्थ्य शिविर

मधुवनका विद्यार्थीलाई यौन तथा प्रजनन बारे स्वास्थ्य शिविर

मुरली गोडिया, बर्दिया । मधुवन नगरपालिका १ मा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य बारे जानकारी गराईएको छ । विद्यार्थीहरुलाई यौन अधिकारबारे सचेत पार्न शिविर आयोजना गरिएको हो ।

शिबिरमा स्वास्थ्य चौकीका अहेव संजिव परियार र अनमि जिविता रिजालले सहजीकरण गर्नु भएको छ । गेरुवा ग्रामिण जागरण संघ बर्दिया द्धारा “किशोर– किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना” मार्फत विद्यालयहरुमा शिविर संचालन गरिएको हो । गेरुवा ग्रामिण जागरण संघको आयोजना, तथा प्लान इन्टरनेशनल नेपाल र कोरिया इन्टरनेशलन कर्पोरेशन एजेन्सिको आर्थिक सहयोगमा शिविर संचालन गरिएको छ ।

श्री त्रिभुवन माविमा अध्ययनरत ३० जना किशोर किशोरीहरुको सहभागीता रहेको गेरुवा ग्रामिण जागरण संघका फिल्ड सुपरभाइजर पल्लवी श्रेष्ठले जानकारी दिनुभयो । संघले बर्दियाको ठाकुरबाबा, बारबर्दिया, मधुबन नगरपालिका र गेरुवा गाउँपालिका गरि ४ वटा स्थानीय तहमा लैङ्गिक तथा अपाङ्ग मैत्री समावेशी शौचालय निर्माण, प्याड निर्माण तालिम, किशोरीहरुको महिनावारी भएको बेला आवश्यक अरामदायि कोठा, पुस्ताकलय, दौतरी शिक्षा बिद्यालय स्वास्थ्य शिबिर, लगायत कार्यक्रमहरु गर्दै आएको छ ।

तपाइको मत