म्यान्मारमा निषेधाज्ञा तोड्दै प्रदर्शन
- बुधबार माघ २८ , २०७७
यांगुन । सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले मंगलबार निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् । सोमबार रातिदेखि जारी गरिएको कर्फ्यु तथा ५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन नपाउने नियमका बाबजुद राजधानी नेइपिडअ, मुख्य सहर यांगुन, म्यान्डले बागोलगायतमा मंगलबार विरोध प्रदर्शन जारी छ ।
ती सहरहरूमा दसौं हजार प्रदर्शनकारीहरू सडकमा उत्रेर सैनिक शासनको विरोध गरेका छन् । पछिल्ला प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।