fbpx

बर्दियामा बालवालिलाई कोभिड बिरुद्धको खोप लगाउने तयारी

बर्दियामा बालवालिलाई कोभिड बिरुद्धको खोप लगाउने तयारी


मिन अधिकारी, राजापुर । थारू महिला उत्थान केन्द्रको आयोजनामा १ दिने स्वास्थ्यकर्मीलाई कोभिड १९ विरुद्ध लगाइने मोडेना खोप सम्बन्धि तालीम दिएको छ । प्लान इन्टरनेस्नल नेपालको आर्थिक सहयोग थारू महिला उत्थानकेन्द्र गुलरिया, बर्दियाको आयोजनमा तालिम दिइएको हो ।

विद्यालयका १२ देखी १७ बर्ष उमेर समुहका बालबालीकाहरुलाई विद्यालयमा गएर कोभिड १९ को खोप लगाउने नेपाल सरकारको योजनालाइ सफल बनाउन स्वास्थ्यकर्मीलाई तालिम दिइएको थारू महिला उत्थान केन्द्रका कार्यकम संयोजक आशाराम चौधरीले जानकारी दिनुभयो । विद्यालय भित्र र बाहीर रहेका १२ वर्ष देखी १७ वर्ष उमेर समुहका बालबालीकाहरुलाई दिईने मोडना खोपको बारेमा सहजीकरणगर्दै बिद्यालयमा खोप केन्द स्थापना गरेर खोप लगाउने व्यबस्था मिलाइने तयारी भैरहेको छ । बालबालिकालाई खोप कसरी लगाउने, मोडेना खोप कति तापक्रममा राख्ने, खोपको प्रभावकारिता, सबै बाल बालिकाहरुलाइ कसरी सहभागी गराउने, खोप लगाएपछी आधाघन्टा स्वास्थ्यकर्मीको निगरानिमा रेष्ट गराउनु पर्नेे लगायतका बिषयमा स्वास्थ्य कार्यालय बर्दिया जनस्वास्थ्य अधिकृत कृष्ण गोपाल चौधरीले सहभागिहरुमाझ सहजीकरण गर्नुभयो ।

कोभिड १९ विरुद्ध मोडना खोप पहिलो पटक लगाउन गएकोले खोपको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी तथा खोपको मात्रा लगाउने तरीका, प्रभाव र डाटा प्रकृया, कोभिड १९ को कियुआरकोड बानाउनेबारे तालीममा जानकारी गराईको कायक्रम अधिकृत मोनुका देवकोटाले बताउनु भयो । कार्यकममा खोप केन्द्र सँचालन हुने स्थानका लागी २० वटा व्यानर राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्याललाई हस्तान्तरण गरिएको छ । राजापुर नगरपालिका भित्रका २५ जना स्वास्थ्यकर्मीहरु तालिममा सहभागी थिए । पुस ४ गते देखी मोडेना खोप अभियानका रुपमा संचालन हुँदैछ ।

तपाइको मत